coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भौतिक संरचनाको काम गर्न दिइने

लकडाउन अगाडी शुक्लागण्डकी–३ मा नाला निर्माण गर्दै कामदार । तस्बिर : विनोद/नागरिक

दुलेगौँडा(तनहुँ)- कोरोना भाइरसको संक्रमण रोक्न मुलुक चार हप्तादेखि पुरै लकडाउन छ । सरकारले बैशाख १५ गतेसम्म लकडाउनको घोषणा गरिसकेको अवस्था छ ।

दैनिकजसो संक्रमितको संख्या बढ्न थालेपछि अझै लकडाउनको अवधि बढ्ने सम्भावना देखिन्छ । लामो समयसम्म लकडाउन हुँदा भौतिक संरचना निर्माणका लागि ल्याइएका सामाग्री लथालिंग भएपछि यहाँको शुक्लागण्डकी नगरपालिकाले भौतिक संरचना निर्माणको काम गर्न दिने भएको छ ।

लकडाउन अगावै ल्याइएका निर्माणका सामाग्री बिग्रने अवस्था भएकाले क्षति हुन नदिनलाई बढीमा पाँच जनासम्म कामदार खटाएर काम गर्न दिने नगरप्रमुख किसान गुरुङले बताए । यही भएका कामदारले मात्र काम गर्न पाउनेछन् । ‘लकडाउन अगाडी ल्याएर थुपारिएको निर्माणका सामाग्री खेरा फाल्नुपर्ने अवस्था आउन सक्छ । महिना दिनसम्म राख्दा पनि कतिपय सामाग्री बिग्रन्छन् । तसर्थ सामाजिक दुरी कायम गर्दैै सुरक्षित तरिकाले काम गर्न दिने निर्णय गरेका हौँ’, उनले भने । निर्माण सामाग्री मौज्दात रहेको खण्डमा मात्र काम गर्न पाउने मेयर गुरुङ बताउँछन् ।  

लकडाउन भएपछि यहाँ सञ्चालित बिकासका योजनासंगै भौतिक संरचना निर्माणको काम चार हप्तादेखी ठप्प छ । चैत ११ गतेदेखि आकस्मिक भएको लकडाउनले निर्माणका सामाग्री छरपष्ट छन् । विभिन्न जिल्लाबाट ज्याला मजदुरीका लागि आएका मजदुर काम गर्न पाएपछि उनीहरुलाई राहत मिल्ने उनको भनाई छ । काम हुन छाडेपछि मजदुरहरु हप्ता दिनसम्म पनि पैदलै हिँडेर गाउँ फर्किरहेका छन् ।

यस्तै, जिल्लाको व्यास नगरपालिकाले समेत सम्झौता लकडाउन अगावै भएका सार्वजनिक निर्माणका कार्यलाई सुचारु गर्ने जनाएको छ । ‘तनहुँमा नै उपलब्ध निर्माण सामाग्री र कामदारको प्रयोग गर्नुपर्नेछ । जिल्ला बाहिरबाट ल्याउन पाइदैन’, प्रमुख प्रशासकिय अधिकृत दिनेशराज पन्तले भने, ‘नगरपालिकासंग समन्वय गरेर सामाजिक दुरी कायम काम गर्न दिन लागेका हौँ ।’
 

प्रकाशित: ७ वैशाख २०७७ १०:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App