coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

स्वास्थ्य मन्त्रालयको टोली हुम्लामा

सिमकोट - हुम्ला जिल्लामा  कोभिड –१९ को रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टोलीले जिल्लामा स्वास्थ्य सामग्रीको अनुगमनसहित सरोकार  निकायसँग छलफल गरेको छ।  जिल्लामा कोरोना भाइरस फैलिन नदिन जिल्लाले गरेको तयारीबारे अनुगमन तथा छलफल गरेको टोली प्रमुख अनुज भट्टचनले जानकारी दिए। 

जिल्लामा स्वास्थ्य जाँचका लागि सामग्रीको अभाव भएको हुनाले केही समस्या आउनुभन्दा त्यसको यथाशीघ्र व्यवस्था गरी दिन मन्त्रालयलाई सिफारिश गरिएको डा टसियाङ्गजुक लामाले बताए। जिल्लामा अहिलेसम्म कसैलाई एकान्तबासमा राख्न नपरेको बताउँदै उहाँले निगरानीमा रहेकाहरुको तथ्याङ्ग सार्वजनिक गरिने जानकारी दिनुभयो। आगामी दिनमा भैपरी आउने समस्या सकेसम्म समाधान गर्ने सकिने विश्वास रहेको डा लामाले बताए।

जिल्ला प्रशासन कार्यालय हुम्लाको समन्वयमा मन्त्रालयबाट आएको दुई जनाको टोली र जिल्लाका सरोकार पक्षबीच कोरोनाको रोकथाम सम्बन्धमा सकारात्मक छलफल भएको प्रजिअ विनिता भट्टराईले बताए।  रासस

प्रकाशित: ७ वैशाख २०७७ ०४:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App