१४ माघ २०७८ शुक्रबार
समाज

आर्मी हुँ भन्दै ठग्नेलाई कारागार चलान

भद्रपुर - आर्मी हुँ, ब्यारेकमा मेसको काम गर्छु, मेसमा किनेका सामान सस्तो मूल्यमा दिन्छु भन्दै पसलेलाई प्रलोभनमा पारेर ठगी गर्ने ४६ वर्षीय राजकुमार राउतलाई जिल्ला अदालत झापाले कारागार चलान गरेको छ। 

उनको नाममा मेचीनगर, विर्तामोड, भद्रपुर नगरपालिकासमेत गरी १० जनाबाट जम्मा ५७ लाख ८६ हजार रुपैयाँ ठगी गरेको जाहेरी परेको थियो। सोही जाहेरीका आधारमा जिल्ला अदालतले शुक्रबार ६२ लाख ५० हजार रुपैयाँ धरौटी माग गरेको थियो। सोही मागबमोजिमको धरौटी राख्न नसकेको हुँदा उनलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए।

उनले पसलेलाई प्रलोभनमा पारी प्रदीप कार्की, राजन काफ्ले, दुर्गा कार्की हुँ भन्दै ठाउँअनुसार परिचय फेर्दै ठग्ने गरेको अनुसन्धानको क्रममा पाइएको उनको भनाइ छ। राउतका नाममा मोरङ, सुनसरी, उदयपुरलगायतका विभिन्न जिल्लामा समेत मुद्दा दर्ता भएको छ। उनी भद्रपुर नगरपालिका– १० मा बस्दै आएका थिए। रासस

प्रकाशित: ६ वैशाख २०७७ १२:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App