८ वैशाख २०८१ शनिबार
समाज

डोल्पाका स्थानीय तहले शुरु गरे राहत वितरण

डोल्पा - कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पाका स्थानीय तहहरुले राहत वितरण शुरु गरेका छन्।कोभिड १९ का कारण देशभरपूर्ण लकडाउन भएपछि काम गर्न नपाएका र आफ्नो उब्जनीले भरपुर खाननपुग्नेहरुको लागि राहत वितरण कार्य शुरु भएको हो।

ठुलीभेरी नगरपालिकाका विभिन्न वडामा रहेका आर्थिक विपन्न र विहान खाए बेलुका के खाने बेलुका खाए विहान के खाने भन्ने समस्याले गाँजिएका परिवार विकास निर्माणको काममा खटिएका श्रमिक ज्यालादारी मजदुरी गर्ने परिवारलाई स्थानीय तहहरुले राहत वितरण गरेका हुन।

ठुलीभेरी नगरपालिका वडा नम्बर ६ का १३० विपन्न घरपरिवारलाई राहत वितरण गरिएको वडाअध्यक्ष धर्मलाल बुढाले बताए। अध्यक्ष बुढाका अनुसार प्रति घरपरिवार ३० केजी चामल,एक लिटर तेल र दुई पोका नून वितरण गरिएको हो।थरगाउँस्थित लक्ष्मी माद्यामिक विद्यालयको प्राङ्गणमा सामाजिक दुरी कायम गरेर एकमुष्ट रुपमा राहत वितरण गरिएको बताउदै गाउँमा सबैभन्दा बढी दलित घरपरिवारहरु भएको र उनीहरु नै सबैभन्दा बढी समस्यामा परेको पनि अध्यक्ष बुढाले जानकारी दिए।

नेपाल सरकारले ढुवानी अनुदानमा उपलब्ध गराउदै आएको खाद्यन्न वडाले खरिद गरेर विपन्न तथा दलित घरपरिवारलाई वितरण गरिएको हो।नगरपालिकाको कार्यपालिका बैठकले पारित गरेको राहत वितरण तथा ब्यवस्थापन कार्यविधि अनुसार नगरपालिकाका ११ ओटै वडामा राहत वितरण शुरु गरिएको नगरपालिकाले जनाएको छ।त्यसैगरि काइके गाउँपालिकाले पनि दलितका ६०० घरपरिवारलाई २५ केजीको एक कठ्ठा चामल,साबुन,सेनिटाइजर वितरण गरिएको प्रमुख प्रशासकिए अधिकृत सम्झना अधिकारीले बताइन।

यसै गरि काइके गाउँपालिका घरभएका तर काठमाण्डौमा पढेर बसेका ३०० बालालिकालाई लकडाउनको समयमा उद्दार गरेर ल्याउन प्रति विद्यार्थी ६ हजारका दरले खर्च ब्यहोरेर काइके सम्म ल्याइपुर्याउनुका साथै दुनैस्थित सरस्वती मावि क्वारेन्टाइनमा बसेका ७ जनालाई १४ दिन सम्म बस्दाको सम्पुर्ण खर्च समेत गाउँपालिकाले ब्यहोरेको पनि प्रमुख प्रशासकिए अधिकृत अधिकारीले जानकारी दिइन।

यसैगरि अन्य वडाका बाँकी रहेका घरधुरीलाई पनि वितरण गर्नका लागि दुनैमा खाद्यन्न लगायतका राहत सामाग्री लिन स्थानीय बासिन्दा दुनैमा आइरहेको अधिकारीले बताइन।जगदुलला गाउँपालिका र मुड्केचुला गाउँपालिकाले समेत राहत वितरणको काम शुरु गरेका छन।खाद्यन्न,नुन,तेल,दाल र साबुन राहत वितरणका प्राथमिकता हुन।

यता त्रिपुरासुन्दरी नगरपालिकाले भने आर्थिक विपन्न र ज्यालामजदुरी बसेका तर लकाउनको कारण विहान बेलुकाको छाक टार्न समस्या परेका घरपरिवारलाई राहत वितरणको लागि असहाय अतिविपन्न र दैनिक ज्यालादारीहरुको तथ्याङ्गक संकलन कार्य भइरहेकाले राहत वितरणमा ढिलाई भइरहेको नगरका मेयर ओमबहादुर बुढाले बताए।

त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष कर्मसिं थापाले कोही नछुटुन कोही नदोहोरिउन र बास्तविक असहाय आर्थिक विपन्न र ज्यालादारीको हातमा राहत पुगोस भनेर बास्तविक राहत लक्षितहरुको पहिचान गर्नमा ढिलाई भएकाले राहत वितरणमा ढिलाइ भइरहेको बताए।पाउनु पर्नेले नपाएर नपाउनेले पाएमा पछि समस्या आउने भएकाले हचुवामा नभएर दिर्घकालिन समस्या नआओस भनेर काम भइरहेको अध्यक्ष थापाको भनाई छ।

प्रकाशित: ४ वैशाख २०७७ १२:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App