७ वैशाख २०८१ शुक्रबार
समाज

लकडाउनले सेतीलाई राहात (फोटो फिचर)

दुलेगौँडा(तनहुँ)- कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलन नदिन मुलुक तीन साता लामो लकडाउनमा छ। अत्यावश्यक बाहेकका सवारी नचल्दा सडक सुनसान छ। बजार बन्द भएका छन्। उद्योग, कलकारखाना चलेका छैनन्। यसबाट मानिसको दैनिकी प्रत्यक्ष प्रभावित भएतापनि प्रकृतीले राहातको महसुस गरेको छ। प्रदुषणको मात्रा ह्वात्तै घटेको देखिन्छ। यसको उदाहारण हो, माछापुच्छ्रेको फेदीबाट सुसाउदै बगेको सेती नदी।

लकडाउन सुरु भएपछि सेतीको रुप फेरिएको छ। तनहुँको कोत्रे बजार आसपासमा सञ्चालित क्रसर उद्योगहरु बन्द हुँदा दशकपछि बल्ल सेती नदी पूरानै अवस्थामा संग्लिएर बगेको छ। त्यस क्षेत्रमा एक दर्जन बढी साना ठूला क्रसर उद्योग सञ्चालनमा छन्। कास्कीको सिमानासम्म हेर्न लायक बग्ने

सेतीको पानी कोत्र कटेपछि भने क्रसर उद्योगले दैनिक ढुंगा, गिट्टी, बालुवा लगायतका नदीजन्य पदार्थ प्रशोधन गरेको लेदो पानी नथ्रिग्याई सोझै सेतीमा मिसाइदिँदा कुरुप भएर बग्ने गर्दथ्यो।  

जनप्रतिनिधीको मौनता र उद्योगको लापरवाहीले हिउँदमा पनि बर्खामा जस्तै लेदो पानी बग्दा सेतीको प्राकृतिक र धार्मिक अस्तित्व संकटमा परेको थियो। तर, लकडाउनका कारण सेती फेरी संग्लिएको छ। नदीको पानीलाई छुन समेत घिनाउने भक्तजन सहजै डुबुल्की मार्न सक्ने देखिन्छ। हेरौँ तस्बिरमा :
 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App