६ वैशाख २०८१ बिहीबार
समाज

भोजपुरमा तीन कैदी छुटे

भोजपुर – कोरोनाभाइरस (कोभिड–१९) को विषम परिस्थितिलाई मध्ये नजर गर्दै जिल्लाकारागार भोजपुरबाट तीनजना कैदी छुटेका छन्। बहुविवाह मुद्धामा जेल जीवन विताईरहेका उनीहलाई बाँकीअवधीको कैद बराबरको रकम भुक्तान गरेपछि आइतबार कैद मुक्त  गरिएको जिल्ला कारागार कार्यालय भोजपुरका प्रमुख खगेन्द्र आधिकारीले जानकारी बताए।

एक वर्ष भन्दाकम कैदी सजाय भुक्तान बाँकी कैदिहरुले मात्र यो सुविधा पाएका हुन्। छुटेकामध्ये एक जनाले एक वर्ष कैद सजाय तोकिएकोमा  ८ महिना १२ दिन कैद भुक्तान गरेको र बाँकी तीनमहिना १८ दिनको रकम भुक्तान गरेका छन्। थप दुई जनाले बाँकी ३ सय ६३ दिनको रकम भुक्तान गरेपछि एक महिला कैद मुक्त भएको कारागार कार्यालय भोजपुरले जनाएको छ।

कैद मुक्त हुनेमा शतुवागढी गाउँपालिकाका दुई जना र आम्चोक गाउँपालिका बस्ने एक जना रहेकाछन्।  भोजपुर कारागारमा ९७ पुरुष, १४ महिला र तीन आश्रृत नाबालक गरी एक सय ११ जना रहेकाछन्।

 

प्रकाशित: २४ चैत्र २०७६ ०८:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App