coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

दमकमा स्वाव परीक्षणको तयारी

दमक  - झापाको दमकमा कोरोना शंकास्पद बिरामीको स्वाव परीक्षणको तयारी थालिएको छ। अन्तर्राष्ट्रिय अप्रवास संगठन (आइओएम)को दमकमा रहेको अन्तर्राष्ट्रिय स्तरको प्रयोगशालालाई प्रयोग गर्ने तयारी भएको हो। 

दमक नगरपालिकाका अनुसार शंकास्पद बिरामीको नमूना परीक्षणका लागि सहज बनाउनका लागि आइओएमसँग आग्रह गरिएको छ। अहिले अमेरिका, अष्ट्रेलिया, संयुक्त अधिराज्य, न्युजिल्यान्ड सहितका मुलुक जान चहानेका लागि आइओएमले स्वास्थ परीक्षण गर्ने गरेको छ। 

अत्याधुनिक प्रयोगशाला भएको कारणले सहज हुने अपेक्षा गरिएको दमक नगरपालिकाका जनस्वास्थ्य निरिक्षक बद्री बरालले बताए। अहिले दमकमा ५ जना नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बसेका छन्, बिदेशबाट आएकाहरु सम्पर्कमा रहेको उनले बताए। अहिले प्रदेश १ को विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्रै कोरोना भाईरसको परीक्षण हुने गरेको छ।

प्रकाशित: २४ चैत्र २०७६ ०३:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App