१३ जेष्ठ २०७७ मंगलबार
समाज

गाउँलेको दुई समूहबीच कुटाकुट, दुई जना घाइते

इटहरी- विश्वमा फैलिएको कोरोनाको रोकथाम र नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको पालना र अत्वाश्यक कामबाहेक नागरिक बाहिर निस्किएका छैनन्। अझ मानिसबीच कुनै कामले कुनै स्थानमा भेला हुँदा पनि सामजिक दुरी कायम राख्नुपर्ने हुन्छ। तर, सुनसरी दुहवी वडा नं. ९ को छातावेलीमा भने आइतबार विषयले उग्र रुप लिएर गाउँले दुई समूहमा विभाजित भई कुटाकुट गरेका छन्।

कुटाकुट हुँदा दुई जना घाइते भएका छन्। घाइते हुनेमा जयरुदिन मियाँ र नजाम मियाँ छन्। यी दुवैको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

घटनाक्रम अनुसार,  दुहवी वडा नं. ९ का मुस्तकिम भन्न साविर मियाँले दुहवी वडा नं. ९ का वडा अध्यक्ष मेहदी हुसेनले राहत वितरणमा पक्षपात गरेको भनी फेसबुकमा शनिबार नै स्टाटस लेखे। तर, राहत वितरण भने गरिएको थिइन। यहाँ राहत वितरण आइतबारबाट मात्र सुरु भएको छ।

सोही विषयमा छलफल गर्न भनी आइतबार दुई पक्षीय सुरुमा चार–पाँच जना भेला भएकोमा विवादले उग्र रुप लिदै गएपछि वडा अध्यक्ष हुसेनका भतिजा जयरुदिन र छोरा नजाम तथा मुस्तकिमबीच कुटाकुट सुरु भएको थियो। कुटाकुट लम्बिदा दुई पक्षीयका झन्डै दुई सय मान्छे भेला भएका थिए।

‘प्रहरी घटनास्थलमा पुग्दा दुवै पक्षका दुई सय जति गाउँले थिए। प्रहरी पुग्दा दुवै पक्षीय बेला कुटाकुट चलि नै रहेको थियो,’ इलाका प्रहरी कार्यालय दुहवीका प्रहरी निरीक्षक प्रवीण कार्कीले भने। प्रहरीका अनुसार, दुवै समूहबीच पुरानो रिसिइबीले गर्दा घटना हुन पुगेको हो।

दुई पक्षीयबीच आइतबार राहतको विषयमा छलफल गर्न भेला बसेपनि मुस्तकिमले जयरुदिन र नजाम समूहको आडमा सोही ठाउँमा रहेको जय बाबा इट्टा उद्योग लकडाउनका बेला सञ्चालन भएको भनी आरोप लगाएको विषयमा पनि बढी रिसिईबी रहेको स्थानीय गाउँले बताउँछन्। दुहवी वडा नं. ९ मुस्लिम सामूदायको बाहुल्यता भएको वस्ती हो।

प्रकाशित: २३ चैत्र २०७६ १५:३२ आइतबार

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App