coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

लकडाउन उल्लंघन गर्ने १ सय ७१ सवारी साधन कारबाहीमा

नुवाकोट- विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस सङ्क्रमण हुनबाट जोगिन र नियन्त्रण गर्न नेपाल सरकारले लकडाउन घोषणा गरेको शनिबार १२ औँ दिन भएको छ। नेपाल सरकारले घोषणा गरेको लकडाउन पूर्ण रुपमा पालना नगरेको पाइएपछि जिल्ला प्रशासा कार्यालय नुवाकोटले गएको चैत  ११ गते नै निषेधाज्ञा समेत जारी गरेको थियो। लकडाउन र निषेधाज्ञालाई अवज्ञा गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिइरहेको छ। जिल्ला प्रहरी कार्यालयको अनुसार शुक्रबारसम्ममा १ सय ७१ वटा सवारी साधनलाई नियत्रणमा लिएको छ।

शुक्रबारसम्म मोटरसाइकल १ सय ६१ वटा, ट्रक ५ वटा, कार १ वटा, महेन्द्र पिकअप बोलेरो ३ वटा र एम्बुलेन्स १ वटा नियनत्रणमा लिएर आवश्यक कारबाही गरी छाडिएको प्रहरी प्रमुख अविनारायण काफ्लेले बताए। प्रहरी प्रमुख काफ्लेका अनुसार लकडाउन र निषेधाज्ञाको अवज्ञा गर्दै पैदल हिडेका २ सय ११ जनालाई नियन्त्रणमा लिएर सम्झाई बुझाई आफन्तको जिम्मा लगाई पठाइएको छ।

 

 

प्रकाशित: २२ चैत्र २०७६ ०८:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App