१८ जेष्ठ २०७७ आइतबार
समाज

पक्राउ परेका १०६ जना फर्के अनुशिक्षण लिएर

बनेपा - काभ्रेपलाञ्चोकको बनेपालगायत विभिन्न बजार क्षेत्रमा लकडाउन उल्लंघन गरी हिँड्ने १०६ जनासहित १२  सवारी साधनलाई  प्रहरीले बिहीबार नियन्त्रणमा लिएर छाडेको छ। 

सडकमा जथाभावी हिँडेकाहरुलाई नियन्त्रणमा लिएर कोरोना भाइरससम्बन्धी सचेतनामूलक अनुशिक्षण दिई दुई घण्टापछि छाडिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए। यसैगरी लकडाउन उल्लंघन गरेर बजारमा हिँडिरहेका ६० जनालाई सिन्धुपाल्चोक प्रहरीले बिहीबार नियन्त्रणमा लिएको छ। उनीहरुसहित प्रहरीले विनाइजाजत सवारी साधन चलाउने सात जना पनि मोटरसाइकलसहित नियन्त्रणमा लिएको थियो।

नियन्त्रणमा लिइएपछि उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख प्रज्वल महर्जनले कोरोना भाइरसबाट बच्न अपनाउनुपर्ने पूर्वसावधानीका उपाय, साबुपानीले हात धुने तरिका आदिबारे प्रशिक्षण दिएको कार्यालयका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए। रासस

प्रकाशित: २१ चैत्र २०७६ १३:०८ शुक्रबार

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App