७ वैशाख २०८१ शुक्रबार
समाज

रसुवामा सवारी पास बन्द

रसुवा– रसुवामा मंगलबारदेखि सवारी पास बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार अहिले जारी भइरहेको सबै किसिमका पास अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको हो।

साथै अत्यावश्यक वस्तु तथा सेवा ढुवानी गर्ने मालवाहक सवारी साधनहरू र अत्यावश्यक सेवामा कार्यरत जनशक्तिलाई आवागमन गर्दा सवारी पास आवश्यक नपर्ने जनाएको छ। सवारी पासको दुरुपयोग रोक्नका पास दिने कार्य बन्द गरिएको कार्यालयले जनाएको छ। यसअघि विभिन्न बहाना बनाएर पास लिने गरेका थिए।

जिल्लामा २४ घण्टाभित्र कुनै पनि घटना नभएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए। लकडाउन पूर्ण रूपमा कार्यान्वयन भएका कारण स्थिति सामान्य बनेको छ। दैनिक चार घण्टा बजार खुल्ने समयमा बाहेक अन्य समय नागरिक घरभित्रै बस्ने गरेका छन्।
    

 

प्रकाशित: १८ चैत्र २०७६ १२:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App