coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

ओखलढुंगामा विदेशबाट फर्किएका १ सय ३३ जना भेटिए

ओखलढुंगा–ओखलढुंगामा विदेशबाट फर्किएका १ सय ३३ जना भेटिएका छन्। दुई साताको अवधिमा विदेशबाट आएका १ सय ३३ जना सम्पर्कमा आएका हुन्।

जिल्ला प्रशासन कार्यलयको आग्रहमा जिल्लाका आठ वटै स्थानीय तहहरुले आफ्नो पालिकाभित्र हालसालै विदेशबाट फर्किएका नागरिकको खोजी गरेका थिए। उनीहरुलाई क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ।

स्थानीय तह र स्वास्थ्य शाखाहरु मार्फत अहिले पनि विदेशबाट फर्केका नागरिकहरुको खोजी भईरहेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए। उनीहरुलाई १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको प्रजिअ आचार्यको भनाई छ। विदेशबाट फर्केकाहरुमा संक्रमणको आशंका बढी हुने भएकाले उच्च सतर्क रहन आग्रह गरिएको छ।

 

प्रकाशित: १८ चैत्र २०७६ ११:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App