७ वैशाख २०८१ शुक्रबार
समाज

निजी अस्पतालले बिरामी फर्काउन नपाउने

काठमाडौं- सर्वोच्च अदालतले निजी अस्पताललाई कोरोना भाइरसको उपचारको लागि व्यवस्था मिलाउन, अस्पताल गएका बिरामी फर्काउन नहुने भन्दै अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले कुनै पनि निजी स्वास्थ्य संस्था कुनै पनि बहानामा कोरोना संक्रमणको उपचारबाट पन्छिन नहुने मंगलबार आदेश गरेको छ।

निजी स्वास्थ्य संस्थामा उपलब्ध भएसम्मको बेड, आइसियु कक्ष, भ्यान्टिलेटर लगायत कोरोना भाइरसको उपचारका लागि अवाश्यक व्यवस्था मिलाउनु। स्वास्थ्य सेवामा संलग्न चिकित्सक, परिचारिका, एम्बुलेन्स चालक, सफाई श्रमिक, औषधी उत्पादन वितरणमा संलग्नलाई सुरक्षित रनेगरी काममा लगाउन अन्तरिम आदेश जारी गरेको हो।

सर्वोच्च अदालत बार एशोसिएसनको तर्फबाट पुष्पराज पौडेलसमेतले सोमबार रिट निवेदन दर्ता गरेका थिए।

निजी अस्पतालले सर्वसाधारणको उपचार गर्न बन्द गरेकाले सूचारु गर्न माग गर्दै रिट निवेदन दर्ता गरेका थिए। त्यसैगरी यही मौकामा कालाबजारी बढ्ने सम्भावना भएकाले तीनै तहका सरकारले संयन्त्र बनाएर अनुगमन गर्ने व्यवस्थाको माग गर्दै रिट दर्ता गरेका हुन् ।

प्रकाशित: १८ चैत्र २०७६ १०:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App