२४ जेष्ठ २०७७ शनिबार
समाज

सिरहा कारागारबाट २१ कैदीबन्दीलाई छाडियो

लहान - कारागारमा ठूलो सङ्ख्यामा कोचाकोच गरी कैदीबन्दीलाई राख्दा कोरोना भाइरसको सङ्क्रमण फैलिन सक्ने सम्भावनालाई मध्यनजर गरी सिरहा कारागारले २१ कैदीबन्दीलाई रिहा गरेको छ। विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी जिल्ला अदालत सिरहाको आदेशबमोजिम एक वर्षभन्दा कम समयको कैद सजाय पाएका २१ कैदीबन्दीलाई छाडेको सिरहा कारागारका जेलर बबिता महतोले बताइन।

कोरोनाको सम्भावित जोखिमका कारण अदालतले एक वर्षभन्दा कम समयको कैद सजाय भएका कैदीबन्दीलाई भुक्तान गर्न बाँकी रहेको समयवापतको रकम तिराएर छाड्न दिएको आदेशानुसार ती कैदीबन्दीबाट रकम तिराएर छाडिएको जेलर महतोले बताइन।
 
कूल १५० जना क्षमता रहेको कारागारमा हाल २० महिलासहित ५५१  कैदीबन्दी छन्। एक जनामा सङ्क्रमण भएमा केही दिनमै धेरैलाई फैलन सक्ने भएकाले कैदीबन्दीलाई विगत एक सातादेखि आफन्तजनसँग पनि भेटघाट गर्न नदिएको र कोरोना भाइरस सङ्क्रमणबाट बच्ने उपायबारे सचेत गराइरहेको जेलर महतोको भनाइ छ। रासस

प्रकाशित: १६ चैत्र २०७६ ०९:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App