coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

निःशुल्क मास्क र औषधि वितरण

फाइल तस्बिर : नागरिक

मेलम्ची - कोरोना भाइरसबाट बच्न चौतारा साँगाचोकगढी नगरपालिकाले पालिकाभर निःशुल्क मास्क वितरण शुरु गरेको छ। पहिलो चरणमा बुधबार नगरवासीलाई रोगको सङ्क्रमणबाट जोगिन सहज बनाउने उद्देश्यले १२ हजार २०० निःशुल्क मास्क वितरण गरेको हो।
 
वडा नं ८ मा एक हजार, वडा नं ५ मा दुई हजार र ११ स्वास्थ्य संस्थामा २०० का दरले निःशुल्क मास्क वितरण गरेको नगरपालिकाले जनाएको छ। बजारमा मास्कको अभाव बढ्दै गएपछि नगरपालिकाले आफ्ना नागरिकलाई मास्क खरिद गरेर वितरण थालेको हो। देशमा कोरोना भाइरसको जोखिमपूर्ण अवस्था छ, यसबाट बच्न पूर्वतयारीका लागि सबै नगरवासीलाई मास्क वितरण गरेका हौँ, चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिंह तामाङले बताए।
 
मास्कसँगै नगरभित्रका सबै स्वास्थ्य संस्थामा अत्यावश्यक औषधिसमेत वितरण गरिएको छ। नगर स्वास्थ्य शाखाको समन्वयमा औषधि वितरण गरिएको संयोजक शिव पुरीले बताए। त्यस्तै नगरपालिकाले आफ्ना नागरिकलाई भीडभाडमा नजान अपिल गर्दै बाहिरबाट भित्रिने नागरिकलाई पनि अनिवार्य मास्क प्रयोग गर्नसमेत अनुरोध गरेको छ। बजारमा मास्कको सङ्कट भएका बेला नगरले वितरण गरेको मास्क अभियानले राहत प्रदान गरेको चौतारा साँगाचोकगढी नगरपालिका–५ का वडाध्यक्ष नरमान श्रेष्ठले बताए।

नगरले आज पनि मास्क वितरण अभियानलाई निरन्तरता दिने जनाएको छ। वडा नं ५ र सो वडाभित्रका स्वास्थ्य संस्थामा मास्क र औषधि वितरण गरिने नगरपालिकाले जनाएको छ। रासस

प्रकाशित: १३ चैत्र २०७६ ०३:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App