१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

खोइ किटनाशक धुलो र पाउडर छर्किएको ?

काठमाडौं - कोरोनाबाट प्रभावित अन्य मुलुकहरुमा कोरोनो नियन्त्रणको लागि किटनाशक घोल र पाउडरको प्रयोग बढ्दो छ। सार्वजनिक ठाउँहरुलाई सुरक्षित राख्न यस्ता पाउडर र घोलको प्रयोग हुन्छ। यसलाई डिसइन्फेकटेन्ट मेडिसिन अथार्त् किटाणु मार्ने औषधि पनि भनिन्छ। नेपालमा भने अस्पताल र संवेदनशील ठाउँहरुमा समेत क्लोरिनयुक्त पाउडर र घोलको प्रयोग भएको पाइँदैन। कोरोना भाइरस फैलने त्रास हुँदाहुँदै पनि किटनाशक पाउडर र घोल प्रयोग नहुनु दुखद रहेको यससँग सम्बन्धित विज्ञहरुले बताएका छन्।

स्वास्थ्य मन्त्रालयले भने किटनाशक घोल बनाउने जनशक्ति र त्यसलाई आवश्यक पर्ने मेसीन नभएकाले यसबारे कुनै योजना नबनाइएको बताएको छ। तर, यस क्षेत्रमा काम गर्दै आएका केही व्यक्तिहरुले भने किटनाशक घोल र पाउडर बनाउन कुनै झन्झट नभएको बताउँछन्। गोकर्णेश्वर नगरपालिकाले नगर क्षेत्रमा किटनाशक औषधि छर्कनको लागि एक कम्पनीलाई जिम्मा दिएको छ। वाङ्ला पब्लिक सेफ्टी टे«निङ सेन्टरलाई यस्तो जिम्मा दिइएको हो।

सेन्टरले किटनाशक औषधि उत्पादन र यसको बिक्रि वितरण गर्दै आइरहेको छ। सेन्टरका अध्यक्ष भरत आचार्यले आफूले विदेशमा गरेको आएको कामलाई नेपालमा सुरु गरेको बताए। उनका अनुसार पानी र क्लोरिनको प्रयोग गरेर किटनाशक औषधि बनाउन सकिन्छ। जसलाई सार्वजनिक र कोरोना भाइसर फैलन सक्ने सम्भावित ठाउँहरुमा छर्कन सकिन्छ। यो घोल वा पाउडर सर्किएपछि भाइरस मर्छन्। ‘किटनाशक घोल र पाउडर बनाउन त्यति झन्झट छैन, हामीले विदेशबाट केही मेसीन पनि ल्याएका छौं, अहिले यस्तो घोल बनाइरहेका छौं, तर प्रयोग चाही भएको छैन,’ अध्यक्ष आचार्यले भने। उनले घोल वा पाउडर छर्कनको लागि भ्यान बनाइसकेको र त्यसलाई प्रयोग गर्न सकिने बताए। आचार्यले यस्तो उपायलाई घरेलु उपायका रुपमा लिन सकिने जानकारी दिए।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्नी अधिकारीले नगरपालिका क्षेत्रमा यस्तो किटनाशक औषधि छर्कने तयार गरिएको बताए। अस्पताल क्षेत्र, सहरी चोक, मानिसको जमघट हुने स्थल, सडकलगायत ठाउँमा प्रयोग गरिनेछ। ‘कारोना नियन्त्रणको लागि यस्तो सम्भाव्यताको पनि महत्व हुन्छ, यस्तो औषधि छर्कनाले किटाणुहरु फैलन पाउँदैनन् भन्ने सुनिएको छ,’ उनले भने।

प्रकाशित: १३ चैत्र २०७६ ०२:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App