coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बजार सुनसान, गाउँतिर कामको चटारो

दुलेगौँडा(तनहुँ) - लकडाउनको दोस्रो दिन। तनहुँका बजार क्षेत्र सुनसान देखिएका छन्। राजमार्गमा खाद्यन्न बोकेका सवारी र एम्बुलेन्सबाहेक गुडेका छैनन्। अत्वाश्यकबाहेक बिना काममा सवारी चल्न दिईएको छैन्। खाद्यन्न सामाग्री विक्री वितरण गर्ने पसललाई प्रशासनले विहान ६ देखी १० बजेसम्म र बेलुका ४ देखी ७ बजेसम्म मात्र खोल्न निर्देशन दिएको छ।

ग्रामिण भेगमा भने लकडाउनको कुनै प्रभाव देखिदैन्। खाद्यन्नवाली लगाउने समयमा कामको चटारोले किसान खेतबारीको काममा व्यस्त छन्। खेतमा चैते धान रोप्ने र बारीमा मकै छर्ने बेला भएकाले गाउँका सबै काममा व्यस्त रहेको घिरिङ उवाथोकका पुर्णसिंह थापाले बताए। तोरी, गहुँजस्ता हिउँदेवाली थन्काउने चटारो पनि छ। ‘ गाउँमा मल बोक्ने, खेतबारी खनजोत्ने गर्ने बेला हो यो’, उनले भने, ‘ हामी काममै व्यस्त छौँ। बर्षभरी खानलाई खेतीपाती त गर्नै प¥यो। कोरोनाले मरिन्छ, बाँचिन्छ थाहा छैन्। तैपनि काम गर्न छाडेका छैनौँ।’

गाउँमा चहलपहल छ। गाउँले कोरोनाको त्रासमा छन्। बजारमा बसेर स्कुल, कलेज पढ्दै गरेका विद्यार्थी र उनीहरूका अभिभावक तथा विद्यालयमा बिदा पाएका शिक्षक, व्यपारी, कर्मचारी गाउँमा छन्। प्रत्यक्ष सम्पर्क नहुने हुँदा सुरक्षित रहने आशमा बजारबाट गाउँ फर्किएकाहरुको कारण गाउँलेमा कोरोनाको त्रास बढेको हो।

‘गाउँमा बजारबाट आएकाहरुको चाप छ। गाउँ पनि सुरक्षित लाग्न छाडिसक्यो। बृद्धबृद्धा र दिर्घरोगीलाई कोरोनाको संक्रमण फैलने डर बढेको छ’, थप्रेकका सुरज वाग्लले नागरिकसंग भने।

एक सय ७० सवारी नियन्त्रणमा

लकडाउनको बेलामा पनि राजमार्गमा चलाएका एक सय ७० सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बुधबार उक्त संख्याका सवारीलाई नियन्त्रणमा लिइएको तनहुँका प्रहरी उपरिक्षक विनोद सिलवालले जानकारी दिए। उनका अनुसार एक सय नौ मोटरसाईकल, ५५ स्कुटर, दुई ट्रक, कार, भ्यान, ट्याक्टर र इलेक्ट्रिक रिक्सा एक–एक वटा नियन्त्रणमा लिईएको छ। गण्डकी प्रदेशको मुख्य नाका मुग्लीनको पुल वारी आँबुखैरेनी गाउँपालिकाको पुलजी, कास्कीको सिमाना शुक्लागण्डकी नगरपालिकाको कोत्रेबजार लगायत राजमार्गस्थित सात स्थानमा कडाईका साथ सवारी चेकजाँच भैरहेको उनले बताए।

४० शैय्याको आईसोलेसन तयार

तनहुँका १० वटै स्थानियले कोरोना भाईरसको संक्रमणबाट जोगाउने पुर्वतयारी गरिरहेका छन्। जिल्लाभर ४० शैय्याको आईसोलेसन वार्ड तयारी अवस्थामा राखिएको छ। शुक्लागण्डकी नगरपालिकामा १४, व्यास नगरपालिका र बन्दीपुर गाउँपालिकामा आठ÷आठ, म्याग्दे र देवघाट गाउँपालिकामा पाँच÷पाँच शैय्याको आईसोलेसन वार्ड तयारी अवस्थामा राखिएको छ।

यस्तै, तीन स्थानिय तहले कोरोना संक्रमित बिरामीको उपचार खर्च व्यहोर्ने घोषणा गरेका छन्। भिमाद नगरपालिका, म्याग्दे र ऋषिङ गाउँपालिकाले उपचारमा लाग्ने सबै खर्च व्यहोर्ने जानकारी दिएका छन्।

 

 

प्रकाशित: १३ चैत्र २०७६ ०२:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App