१६ चैत्र २०८० शुक्रबार
समाज

महानगरले सर्वजनिक स्थानमा कीटनाशक औषधी छर्दै

काठमाडौं - विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोभिड–१९ (कोरोना भाइरस) को संक्रमणलाई महानगर क्षेत्रभित्र फैलिन नदिन बुधबारबाट सार्वनिक स्थालनमा(डिस्इन्फेक्सन स्प्रे) कीटनाशक औषधि छर्कन थालेको छ।

१ हजार लिटर पानीमा १० लिटर क्लोरिन झोल (४ हजार लिटरको जेट मेसिनमा ४० लिटर) को मिश्रण तयार गरेर छर्किन थालिएका महानगरका मेयर बिद्यासुन्दर शाक्यले बताए। ४ हजार लिटर क्षमताका ३ वटा जेट मेसिन प्रयोग गरिएको उनले बताए। यो भीड गर्ने समय होइन तर अस्पताललगायत केही सार्वजनिक स्थानमा मानिसहरुको आवतजावत हुन्छ। हामी व्यक्ति—व्यक्तिमा हुन सक्ने संक्रमण रोकथाम गर्ने प्रयास गर्दैछौं उनले भने, अहिले सरुवा रोग अस्पताल टेकुमा बिरामी र उनीहरुका आफन्तहरु आउने गरेको छन्। त्यस अस्पताल क्षेत्रलाई जीवाणु, कीटाणुरहित बनाउन जरुरी छ।’

अस्पतालसहित दैनिक उपभोग्य बस्तु लिन जाने ठाउँहरु, वीरअस्पताल, भित्रि सहरका असन, इन्द्रचोकसँगै कालीमाटी तरकारी बजारलगायतका स्थानमा आजबाट कीटनाशक औषधी छर्कन थालिएको हो।

त्यस्तै सार्वजनिक स्थानहरुमा कीटनाशक औषधि छर्किने, सडकलाई पानीले पखाल्ने, बु्रमरले सडक सफा गर्ने जस्ता कामलाई निरन्तरता दिने शाक्यले बताए।

प्रकाशित: १३ चैत्र २०७६ ०१:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App