७ वैशाख २०८१ शुक्रबार
समाज

मनोवैज्ञानिकहरुले अनलाइनबाट निशुल्क परामर्श दिने

काठमाडौ- चीनको वुहानबाट सुरु भएको नोबेल कोरोना भाइरस (कोभिड-१९) अहिले विश्वका करिब १९० देशमा फैलीसकेको छ। यसको मनोवैज्ञानिक आतंक पनि व्याप्त छ। यसलाई मध्यनजर गर्दै मनोपरामर्शविद्हरुले दुई हप्तासम्मका लागि ४५ मिनेटको परामर्श सेसन निशुल्क रुपमा प्रदान गर्ने घोषणा गरेका छन्। उनीहरुले अनलाईन मार्फत परामर्श दिने छन्।

१३ हजार बढी मानिसको ज्यान लिएको यो भाइरसले विकसित भनिएका अमेरिका र युरोपका देशमा अझै विकराल रुप लिइरहेको छ।

सार्वजनिक स्वास्थ्यको स्थिति त्यति सन्तोषजनक नरहेको नेपाल जस्तो देशमा यदि यो भाइरसको प्रकोप फैलिने हो भने स्थति अझै विषम हुने भय आम मानिसमा व्याप्त छ। चाहे प्रौढ वा युवा वा बालक, शिक्षित वा अशिक्षित सबैमा एक खालको मनोवैज्ञानिक आतंक सिर्जना भएको छ।

'मानिसहरुलाई यतिबेला मनोवैज्ञानिक तवरबाट सान्त्वना एवम् परामर्शको खाँचो छ', यसैले यो सेवा सुरु गरेका हौं, स्वयंसेवी मनोविद गणेश अम्गाईले भने, '४५ मिनेट अनलाइन परामर्श दिनेछौं।'

'कोरोना भाइरसको प्रकोपको पूर्वतयारी स्वरूप सरकारले आंशिक लकडाउन पनि घोषणा गरेको यो परिस्थितिलाई मध्यनजर गर्दै हामीले आम मानिसहरुलाई उनीहरुको आवश्यकता अनुरुप अनलाइनबाट यो सेवा दिने निर्णय गरेका हौँ।,' अम्गाईले नागरिक न्यूजसंगको कुराकानीमा भने, 'यदी हाम्रो फोन उठेन भने भाइवर, ह्वाट्सएप अनि स्काइप जस्ता माध्यम मार्फत पनि हामी उपलब्ध हुनेछौं।'

उनी लगायत रोजिना मानन्धर, एन्टिना रञ्‍जित, जया शिल्पकार, सजिना ढुंगाना, शिला श्रेष्ठ र नेहा ले यो सेवा प्रदान गर्नेछन।

उनीहरुलाई यहाँ सम्पर्क गर्न सकिनेछ

गणेश आम्गाई – ९८४९०८११६२/ ९८०११७२५४४

रोजिना मानन्धर - ९८४१२२५०६५

एन्टिना रन्जित - ९८४१५७४२८५

जया शिल्पकार - ९६१९७९०११९

सजिना ढुंगाना - ९८४०११८८००

शिजा श्रेष्ठ- ९८४१५२२५५६

नेहा अमात्य : namatya@gmail.com

 

प्रकाशित: १० चैत्र २०७६ ११:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App