coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

मंगलबारदेखि विराटनगर पनि ‘लकडाउन’

विराटनगर - विराटनगर माहानगरपालिकाले  भोलिदेखि महानगरभित्र ‘लकडाउन’ गर्ने निर्णय गरेको छ। सोमबार दिउँसो बसेको सर्वपक्षीय छलफलले माहानगरपालिका मंगलबारदेखि  लकडाउन गर्ने निर्णय गरेको हो। माहानगरपालिकाका प्रमुख भीम पराजुलीले भविश्यमा माहामारीको अवस्था नआओस्  भनेर लकडाउन गर्ने निर्णय गरिएको   बताए।

मंगलबारदेखि  अत्याबश्यक बाहेकका सबै सेवा बन्द गरिने पराजुलीले जानकारी दिएका हुन्। ‘लकडाउन हुने भएकाले बजार, पसल, यातायातका साधन, उद्योग कलकारखानालगायत बन्द गरिन्छ ’ पराजुलीले भने।   महानगरपालिकाले गरेको निर्णय कार्यान्वयनमा सघाउन सबै नगरवासीलाई पराजुलीले आग्रह  पनि गरेका छन्।

 कोरोना भाइरसको प्रकोपले विश्व आक्रान्त बनेकोवेला विराटनगरमा भने बजार पसल खुल्लारहेको र जता ततै भीडभाड भएका कारण कोरोना संक्रमण फैलिए ठूलो क्षति हुने संभावनलाई ध्यान दिन नागरिकहरूले महानगरलाई सामाजिक सञ्जाल मार्फत मार्फत आग्रह गर्दै आएका थिए। भारतसँग सीमाना जोडिएको र जनसंख्याको चाप पनि धेरै भएकाले विराटनगरमा विशेष सतर्कता अपनाउन जरुरी देखिएको थियो।

यसैवीच निजी क्षेत्रका तीन ठूला संथाहरूले विज्ञप्ति प्रकाशित गरी  अत्याबश्यक सेवा  बाहेकका सबै सेवा बन्द गर्न आफ्ना सदस्य उद्योग प्रतिष्ठान तथा व्यवसायीहरूलाई आग्रह गरेका छन्। मोरङ व्यापार संघका अध्यक्ष प्रकास मुण्दडा, उद्योग संगठन मोरङका अध्यक्ष भीम पराजुली र विराट व्यापार संघका अध्यक्ष सुजन थापाले संयुक्त विज्ञप्ति प्रकाशित गरी अत्याबश्यक बाहेकका सबै सेवा बन्द गर्न  आफ्ना सदस्यहरूलाई आग्रह गरेका हुन्। 

विज्ञप्तिमा अत्याबश्यक सेवा बाहेकका सबै सेवा बन्द गर्ने निर्णयको समर्थन गरिएको उल्लेख छ। सरकारले गरेको उक्त  निर्णयको परिपालना गर्न, गराउन  आफ्ना सदस्य  उद्योग, प्रतिष्ठान तथा  व्यवसायीहरूलाई विज्ञप्ति मार्फत आग्रह पनि गरिएको छ।

प्रकाशित: १० चैत्र २०७६ ११:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App