१२ जेष्ठ २०७७ सोमबार
समाज

त्रिवि ईन्जिनियरिङ अध्ययन संस्थान अन्तरगतका पठनपाठन र सबै परीक्षा स्थगित

काठमाडौं - त्रिभुवन विश्वविद्यालय ईन्जिनियरिङ अध्ययन संस्थानले पठनपाठन र सबै परीक्षा स्थगित गरिएको जनाएको छ। बिहीबार एक विज्ञप्ति जारी गर्दै सरकारको निर्णय बमोजिम संस्थान अन्तरगत सञ्चालन हुने पठनपाठन साथै स्नातक र स्नातकोत्तर परीक्षा पनि बिहीबारदेखि नै लागु हुने गरी स्थगित गरिएको जनाएको हाे।

संस्थानका डीन प्रा. रामचन्द्र सापकोटाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अर्को सूचना प्रकाशित नभएसम्मका लागि पठनपाठन र परीक्ष स्थगित गरिएको छ।’

 

 

प्रकाशित: ६ चैत्र २०७६ १२:३३ बिहीबार

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App