coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

भोजपुरमा पर्यटन अफिसलाई क्वारेन्टाईन बनाइने

क्वारेन्टाईन बनाइने भोजपुर नगरपालिका १२, टक्सारस्थित पर्यटन सूचना केन्द्रको अफिस । तस्बिर : एक्सन राई

भोजपुर- कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट बच्नको लागि भोजपुरमा पनि पूर्व तयारी थालिएको छ। यसका लागि आवश्यक पर्ने तयारी थालिएको हो।

कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै क्वारेन्टाईन बनाइने भएको छ। भोजपुर नगरपालिका १२, टक्सारस्थित तात्कालिन समयमा बनेको पर्यटन सूचना केन्द्रको कार्यालयलाई क्वारेन्टाईन बनाइने भएको हो। यसैगरि भोजपुर विमानस्थलमा ओर्लने यात्रुको पनि स्वास्थ जाँच गरिने भएको छ।

रोगको सम्भावित संक्रमणलाई ध्यानमा राख्दै उक्त पर्यटन अफिसलाई क्वारेन्टाईन बनाइने भएको छ। वर्षौदेखि खाली रहेको उक्त पर्यटन अफिसमा क्वारेन्टाईन राख्न दैविक प्रकोप उद्वार समिति व्यवस्थापनको तयारीमा जुटेको छ। सरकारी तथा गैरसरकारी सरोकारवाला निकायको समन्वयमा व्यवस्थापन गरिने जनाइएको छ। क्वारेन्टाईनमा तत्काललाई १० जनासम्म विरामीलाई राख्न सकिने किसिमको व्यवस्थापन मिलाइने प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले जानकारी दिए।

‘संक्रमणको जोखिम उच्च भएकाले खाली रहेको पर्यटन अफिसलाई क्वारेन्टाईन बनाइने निर्णय गरेका हौँ’ प्रजिअ पुरीले भने, ‘संक्रमणकालिन अवस्थामा कोहि विरामी भए वा संक्रमित भए, तत्काललाई त्यहिँ राखिनेछ, पछि संख्या बढे अन्यत्र व्यावस्थापन गर्नेछौँ’ सूचना केन्द्र नजिकै रहेको भोजपुर विमानस्थलमा हेल्थ डेस्क राखिने जनाइएको छ।

यस्तै, रोगको त्रास व्यापक भईरहेका बेला उपभोगीय सामानमा पनि व्यापारीबाट ठगिने सम्भावनालाई नियन्त्रण गर्न अनुगमन तीव्र बनाउनुपर्ने नागरिक समाजका संयोजक पर्शुराम तिवारी बताउँछन्। भने, ‘एकातिर रोग संक्रमणको त्रास अर्कोतिर कालोबजारीको चपेटामा नागरिकलाई नपार्न अनुगमनमा विशेष ध्यान दिनु जरुरी छ, संक्रमणको नाममा कालोधन्दा रोक्नु हाम्रो कर्तव्य पनि हो’ कोरोना संक्रमणबाट सम्भावित जोखिमको बहानामा हुनसक्ने कालोबजारी र कृत्रिम अभाव हुन नदिन तीव्र बजार अनुगमन गरिने प्रजिअ पुरीले बताए।

जिल्ला अस्पताल भोजपुरले पनि संक्रमणको जोखिमलाई विशेष प्राथमिकतामा राखेर आफ्ना स्वास्थ्यकर्मीलाई अति जरुरी काम बाहेक विदा नदिने र निरन्तर सतर्क अवस्थामा रहने गरि परिचालन गर्ने जनाएको छ। जिल्ला अस्पताल भोजपुर प्रमुख डा. पवित्रा श्रेष्ठका अनुसार अस्पतालले आईसोलेसन एरिया र बेड व्यवस्था मिलाउनेछ। स्वास्थ्य कार्यालयबाट पनि ‘र्‍यापिड रेसपोन्ज’ टिमको जिम्मेवारी दिई काम लगाउने डा. श्रेष्ठले बताइन्।
 

प्रकाशित: ४ चैत्र २०७६ १३:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App