खोटाङ – कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको हल्ला फैलिरहेको अवस्थामा जिल्ला अस्पताल खोटाङले आइसोलेसन रुमको व्यवस्था गरेको छ। कोरोनाका शंकास्पद बिरामी उपचारमा आएको खण्डमा भर्ना गर्ने र उपचार गर्ने व्यवस्थाका लागि जिल्ला अस्पतालले तीन शड्ढयाको छुट्टै उपचार कक्षाको व्यवस्था गरेको हो। संक्रमित फेला परेको अवस्थामा र अन्यलाई सर्न नदिन पूर्वतयारीस्वरूप आइसोलेसन रुमको व्यवस्था गरिएको जिल्ला अस्पतालका डा. रोशन ग्वाँछाले बताए। आइसोलेसन रूममा आवश्यक औषधिसमेत स्टक राखिएको छ।
कोरोना भाइरसको संक्रमणको त्रास फैलिरहेको बेला जिल्ला समन्वय समितिले उक्त विषयमा बिहीबार अन्तक्र्रिया गरेको छ। कोरोनाबारे कतिपय अफवाहसमेत फैलिरहेको अवस्थामा सत्यतथ्यभन्दा सूचना प्रवाहका लागि जिससको सभाहलमा उक्त अन्तक्र्रिया गरिएको हो। कार्यक्रममा जिल्ला अस्पतालका डा. रोशन ग्वाँछाले कोरोनाको परिचय, यसका लक्षण, यसका कारण र रोकथामबारे सहभागीलाई जानकारी गराए।
प्रकाशित: ३० फाल्गुन २०७६ ०५:५१ शुक्रबार