२६ जेष्ठ २०८३ मंगलबार
image/svg+xml
समाज

भक्तपुरमा सकारात्मक सोच साक्षात्कार

भक्तपुर- भक्तपुर साँगीतिक समाजको आयोजनामा आइतबार भक्तपुरमा सकारात्मक सोचका लागि साक्षात्कार कार्यक्रम भएको छ।

'सोच', 'खोज', 'मोज' र 'म सक्छु' जस्ता उत्प्रेरक तथा सकारात्मक सोचप्रति अग्रसर हुन प्रेरणा दिनेखालका पुस्तक एवं विभिन्न सकारात्मक प्रवचनका लागि लामो समयदेखि कलम चलाउँदै र हौस्याउदै आएका नेपालका एक सफल होटल व्यवसायीसमेत रहेका लेखक तथा उत्प्रेरक कर्ण शाक्यका साथमा कार्यक्रम भएको हो। सकारात्मक सोचका लागि कर्ण शाक्यसंग साक्षात्कार भएको समाजका सचिव अल्वर्ट बज्राचार्यले जानकारी दिए।

कार्यक्रममा हामीमा हुने सकारात्मक सोचले मात्र समाजको विकास हुन सक्ने लेखक एवं सकारात्क सोचका लागि अभियान्ता कर्ण शाक्यले बताए। उनले सकारात्मक सोचले मात्र समाजको विकास हुन सक्ने बताए।

प्रकाशित: ११ फाल्गुन २०७६ १४:०१ आइतबार

भक्तपुर सकारात्मक_सोच_साक्षात्कार