९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

कालोपत्रेको काम सुचारु गराउने सहमति

खोटाङ – स्थानीयले ठप्प बनाएको खोटाङको महुरे–राजापानी सिमपानी (२२ किलोमिटर) सडक कालोपत्रेको काम सुचारु गराउने सहमति जुटेको छ। सडकको काममा चरम ढिलासुस्ती भएको, भएका काम पनि गुणस्तरहीन र कार्यरत कामदारले वर्षौंसम्म पनि पारिश्रमिक नपाएको विरोधमा स्थानीयले बिहीबारदेखि बन्द गराएको सडकको काम जिल्ला प्रशासन कार्यालयको पहलमा सुचारु गराउने सहमती जुटेको हो।

विशेषगरी कामदारलाई पारिश्रमिक नदिएकामा निर्माण कम्पनी भारत कन्स्ट्रक्सन÷सिद्धि शाही जेभीविरुद्ध आक्रोशित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपा, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्क र हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका स्थानीयले सडक कालोपत्रेको काम ठप्प बनाएका थिए।

तोकिएको भाकामा पारिश्रमिक नपाएको विरोधमा करिब डेढ सय कामदारले निर्माण कम्पनीका टिपर, ट्यांकरलगायतका सवारीसाधनको चापी खोसेर प्रहरीचौकी बुइपालाई बुझाएका थिए।

कामदार तथा उधारो दिएका व्यवसायीलाई ठेकेदारले आइतबार १० लाख बाँडिदिने, सोमबारदेखि सडकको काम सुचारु गराउने, जिरो प्वाइन्ट रहेको महुरेबाट कालोपत्रेको काम टुंग्याउँदै जाने, बस्ती तथा विद्यालयआसपास उड्ने धुलो नियन्त्रण गर्न ठेकेदारले ट्यांकरमार्फत दैनिक पानी छ्याप्नेलगायतको सहमति भएपछि सडकको अवरोध हटाइएको बुइपाका मिलन राईले बताए। शनिबार बिहान प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल, संविधानसभा सदस्य पाँचकर्ण राई, नेकपा नेता देवविक्रम राई, ठेकेदार कम्पनीका साइट इन्चार्ज नवीन मैनाली, स्थानीयलगायतको उपस्थितिमा पन्चरदोबाटोमा भएको छलफलबाट सडकको काम सुचारु गराउने सहमति जुटेको हो। छलफलमा निर्माण कम्पनी भारत कन्स्ट्रक्सन÷सिद्धि शाही जेभीका साइट इन्चार्ज मैनालीलाई बाँकी रहेको समयभित्र सडक कालोपत्रेको काम पूरा गर्न निर्देशन दिइएको संविधानसभा सदस्य राईले बताए।

गाईघाट–दिक्तेल सडकको महुरे–फोक्सिङटार खण्डअन्तर्गत महुरेदेखि सिमपानी (राजापानी) सम्मको ठेक्का लिएको भारत कन्स्ट्रक्सन÷सिद्धि शाही जेभीले काम गरेबापतको पारिश्रमिक वर्षौंसम्म नदिएपछि आक्रोशित कामदारले गत पुस २० गतेदेखि महिना दिनभन्दा बढी सडकको काम ठप्प बनाएको केही समयपछि पुनः स्थानीयले काम रोकेका थिए। तोकिएको भाकामा पारिश्रमिक नपाएको विरोधमा करिब डेढ सय कामदारले निर्माण कम्पनीका टिपर, ट्यांकरलगायतका सवारीसाधनको चापी खोसेर प्रहरीचौकी बुइपालाई बुझाएका थिए।

ठेकेदारको कामको गति हेर्दा बाँकी रहेको समयभित्र सडक कालोपत्रे पूरा हुने छाँट नदेखिएको बुइपाका वडाध्यक्ष दिनेश राईले बताए। ‘कामदारले नियमित पारिश्रमिक पाए मात्र सडकको कामले गति लिने देखिन्छ, नत्र सम्भव छैन,’ उनले भने, ‘पैसा नदिएकाले उसको साइटमा स्थानीय कामदार काम गर्न मान्दैनन्। टाढा–टाढाबाट ल्याइएका कामदारले पनि पारिश्रमिक नपाएपछि बिस्तारै काम छाड्ने गरेका छन्।’ भुक्तानी नपाएपछि स्थानीय व्यवसायीले समेत ठेकेदारलाई निर्माण सामग्री उपलब्ध गराउन छाडेका छन्। निर्माण कम्पनीले पटकपटक साइट इन्चार्ज परिवर्तन गर्ने गरेको छ। हाल आएका मैनाली सातौं साइट इन्चार्ज हुन्।

पूर्वी नेपालको पहाडी क्षेत्रलाई तराई जोड्ने सबैभन्दा छोटो दूरीको मार्गका रुपमा रहेको गाईघाट–दिक्तेल सगरमाथा राजमार्गअन्तर्गत खोटाङभित्र पर्ने खण्डमध्ये फोक्सिङटारदेखि सिमपानी भन्ज्याङसम्मको २७ किलोमिटर खण्ड देवनारायण पवन÷मैनाचुली÷खाम्पाचे जेभी तथा सिमपानी भन्ज्याङदेखि महुरेसम्मको २२ किलोमिटर खण्डको कालोपत्रेको काम भारत कन्स्ट्रक्सन÷सिद्धि शाही जेभीले गरिरहेका छन्।

प्रकाशित: ११ फाल्गुन २०७६ ०२:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App