coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दक्षिणकाली पूर्णसाक्षर नगर घोषणा

काठमाडौं – काठमाडौंको दक्षिणकाली नगरपालिका पूर्णसाक्षर नगरको रूपमा घोषणा भएको छ। मंगलबार त्रिभुवन आदर्श माविको प्रांगणमा भएको औपचारिक कार्यक्रममा नगरपालिकालाई साक्षर घोषणा गरिएको थियो। यहाँका १५ देखि ६० वर्ष उमेर समूहका ९५.४ प्रतिशत साक्षर भएपछि औपचारीक रूपमा घोषणा गरिएको हो।

बुधबार भएको कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले सबै स्थानीय तहलाई साक्षर बनाउँदै गुणस्तर तथा नेपाली भाषालाई प्राथमिक्ता दिने सरकारी नीति रहेको बताए। ‘नेपाली भाषा हाम्रो मौलिक भाषा हो यसलाई अवमूल्यन नगरी शैक्षिक गुणस्तर विकास गर्नुपर्छ,’ उनले भने, ‘अंग्रेजी भाषामा मात्रै गुणस्तरीय शिक्षा हुन्छ भन्ने सामाजिक मान्यता बढ्नु चिन्ताजनक छ।’

मन्त्री पोखरेलले शिक्षा क्षेत्रलाई राजनीतिबाट बाहिर राख्दै बालमैत्री अवधारणाअनुरूप विद्यार्थीहरू विद्यालय आउन मन लाग्ने वातावरण बनाउनेतर्फ ध्यान दिन शिक्षक तथा अभिभावकसँग आग्रह गरे। दक्षिणकाली नगरको विशेष शैक्षणिक योजना बनाउन तथा शिक्षाविद्हरूको उपस्थितिमा बृहत्त शिक्षा सम्मेलन आयोजना गर्न नगरप्रमुखलाई सुझाव दिँदै शिक्षामन्त्री पोखरेलले भने, ‘दक्षिणकाली नगरलाई शैक्षिक हब बनाउन सरकारले प्राथमिकताका साथ सहयोग गर्नेछ।’

नगरप्रमुख मोहन बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा तथा मानव विकास स्रोत केन्द्रका उपमहानिर्देशक विष्णुप्रसाद अधिकारी, युनेस्को सहमहासचिव डा. बाबुराम अधिकारी, जिल्ला समन्वय समिति प्रमुख शिवसुन्दर वैद्य, शिक्षा समन्वय इकाई प्रमुख नन्दलाल पौडेललगायत आतिथ्यता रहेको थियो।

कार्यक्रमको सुरुवातमा दक्षिणकाली नगरका विद्यार्थी, अभिभावक, शिक्षकलगायतले बाजागाजा र विभिन्न झाँकीसहित नगर परिक्रममा गरेका थिए। कार्यक्रममा दक्षिणकाली नगरपालिका शिक्षा शाखा प्रमुख रमेशसिंह थापाले नगरपालिकाको शैक्षिक अवस्था तथा साक्षरता प्रगति प्रतिवेदन पेस गरेका थिए। कार्यक्रमको अवसरमा विद्यार्थीहरूले साँस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरेका थिए।

प्रकाशित: ८ फाल्गुन २०७६ ०४:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App