१६ चैत्र २०८० शुक्रबार
समाज

‘नेपाल स्माइल्स’ विधामा प्रथम तस्बिरको पुरस्कार खोसियो

काठमाडौं- फोटो पत्रकार क्लबद्ले आयोजना गरे नेपाल फोटो प्रतियोगिता २०७६ मा ‘नेपाल स्माइल्स’ विधामा प्रथम घोषित तस्बिरलाई अयोग्य ठहर गरिएको छ। क्लबका प्रवक्त दिपेश श्रेष्ठद्वारा जारी गरिएको विज्ञप्तिमा सुरज श्रेष्ठले खिचेको उक्त तस्बिर प्रतियोगिताको मापदण्डअनुरुप नभएकाले अयोग्य ठहर्‍याइएको उल्ले छ।

प्रतियोगिता नियमको बुँदा  नम्बर १४ मा ‘भ्रम पैदा गर्न प्रयोग गरिएको सम्पादन, छल वा हेरफेर तथा तस्बिरको फ्रेमभित्र कुनै विशेष कुराहरु थप्न वा हटाउन प्रतिबन्ध गरिएको उल्लेख’ भएपनि उक्त फोटोमा ती कुरा लागु भएकाले प्रतियोगिताको यही नियमअनुसार फोटो पत्रकार क्लबको केन्द्रीय समितिले उक्त तस्बिरलाई अयोग्य घोषणा गरेको विज्ञप्तिमा भनिएको छ।
उक्त तस्बिर अयोग्य ठहर भएसँगै बिजेताले प्राप्त गरेको ट्रफी, प्रमाणपत्र, नगद पुरस्कार पनि क्लबले फिर्ता लिने निर्णय गरेको छ। नियम बिपरितको  तस्बिर  समावेश  गरेका  सुरज श्रेष्ठलाई  नेपाल फोटो प्रतियोगिताको आगामी ३ संस्करणसम्म सहभागिता जनाउन  नपाउने निर्णय पनि गरिएको छ। यसका साथै नेपाल फोटो प्रतियोगिता २०७६ को नेपाल स्माइल्स विधाको विजेतामा संशोधन गरेर उक्त विधामा दोश्रो भएको सुलभ भक्त श्रेष्ठ, तेश्रो भएको नभेष चित्रकार र चौथो भएको सुशील कुमार श्रेष्ठको फोटोलाई क्रमशः पहिलो, दोश्रो र तेश्रो घोषणा गरिएको छ।

प्रकाशित: २ फाल्गुन २०७६ ११:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App