७ वैशाख २०८१ शुक्रबार
समाज

बदेँलको आक्रमणबाट सात जना घाइते

जिल्ला अस्पतालमा उपचार गर्दै घाइते । तस्बिर : नागरिक

बाजुरा- गौमुल गाउँपालिका–३ माझपालिमा जंगली जनावर बदेँलको आक्रमणमा परी ७ जना घाइते भएका छन्। माझपालीमा रहेको धर्मोदय आधारभुत विद्यालयको सरसरफाईमा जुटेका स्थानीय ७ जनालाई आइतबार बिहान बदेँलले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

घाइते हुनेमा सोही वडाका स्थानीय ५० वर्षीय जगत विश्वकर्मा, ४० वर्षीय पूर्ण विक, ५० वर्षीय डवल रोकाया, ४५ वर्षीय धनबहादुर रोकाया रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानबहादुर रोकायाले जानकारी दिएका छन्। यस्तै, ४० वर्षीय प्रेम रोकाया, ४० वर्षीय मेश रोकाया र ४२ वर्षीय लाल कामी घाइते भएको प्रहरी निरीक्षक रोकायाले बताए।

घाइते भएका मध्ये जगत विश्वकर्माको अवस्था गम्भीर रहेको छ। बदेलको आक्रमणमा परी घाइते भएका चार जनाको गौमुल स्वास्थ्य चौकीमा उपचार पछि घर फकाइएको प्रहरी नायव उपरिक्षक टंकप्रसाद भट्टराईले बताए।

बदेलको आक्रमणमा परी गम्भीर घाइते भएका जगत विश्वकर्मालाई जिल्ला अस्पताल बाजुरामा उपचार सम्भव नभएपछि अन्यत्र रिफर गरिएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी चुडामणी पन्तले बताएका छन्। विश्वकर्माको दाँया र बाँया हातको औला नै छैन। भने पुर्ण विक र डबल रोकायाको हात खुट्टा र ढाडमा चोट लागेकाले जिल्ला अस्पतालमा उपचार भइरहेको सूचना अधिकारी पन्तले बताए।

गम्भीर घाइते भएका विश्वकर्माकामे ढाड नै भाचिएकाले जिल्लामा उपचार सम्भव नभएपछि थप उपचारका लागि अन्यत्र पठाउनु परेको अस्पतालले जनाएको छ।

डवल र पुर्णको अवस्था भने मध्यम खालको रहेकाले जिल्ला अस्पताल बाजुरामै उपचारका लागि राखिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। जिल्लाका पटक पटक जंगली जनावर भालु, बदेँल लगायतका जनावरहरुले आक्रमण गरी घाइेत बनाउदै आएको छ। जंगली जनावरको आक्रमण हुने गरेकाले यहाँका स्थानीयहरु त्रसित बन्दै गएका छन्।


 

प्रकाशित: २६ माघ २०७६ १३:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App