८ वैशाख २०८१ शनिबार
समाज

घुससहित दुई ट्राफिक प्रहरी पक्राउ

रुपन्देही- रुपन्देहीमा दुई जना प्रहरी घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले शुक्रबार गरेको छुट्टाछुट्टै अप्रेशनमा असई र प्रहरी जवान घुस लिँदै गर्दा पक्राउ परेका हुन्।

शुक्रबार साढे ३ बजे बुटवल रामनगरस्थित ट्राफिक चेक पोष्टबाट टिपर चालकसँग ५ हजार घुस लिँदै गर्दा असइ सूर्यबहादुर अधिकारी पक्राउ परे।

अधिकारीले टिपरलाई सहजरुपमा व्यवस्थापन गरिदिने भन्दै चालकसँग घुस लिएको अख्तियार बुटवलका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए। यसैगरि शुक्रबार नै अख्तियारले देवदहको खैरहनीस्थित ट्राफिक प्रहरी पोष्टका जवान छवीलाल पोखरेललाई ३ हजार घुससहित पक्राउ गरेको छ।

पोखरेललाई दिउँसो ४ बजे अख्तियारको टोलीले घुस लिँदै गर्दा पक्राउ गरेको थियो। दुवै जनामाथि थप अनुसन्धान सुरु गरिने सूचना अधिकारी भुसालले जानकारी दिए।
 

 

प्रकाशित: २४ माघ २०७६ १३:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App