८ वैशाख २०८१ शनिबार
समाज

जथाभावी उत्खनन रोक्न खोलामा प्रहरी परिचालन

बारा- खोलानालाहरुबाट नदीजन्य पदार्थको ठेक्का लिएका ठेकेदारहरुहरुले मापदण्ड बिपरित ढुंगा बालुवा, गिटी र ग्रेभल उत्खन्न गर्न थालेपछि बुधबारदेखि प्रहरी परिचालन गरिएको छ।

जितपुर सिमरा उपमहानगरपालिकाले बालगंगा, दुधौरा र पसाह, कोल्हवी र निजगढ गरि दुई वटै नगरपालिकामा रहेको लालबकैया खोलामा भैरहेको मापदण्ड बिपरितको नदीजन्य पदार्थको उत्खनन रोक्न प्रहरी परिचान गरिएको बाराका प्रहरी उपरीक्षक विकासराज खनालले बताए।

तीन वटै स्थानीय तहहरुको अधिकार क्षेत्रमा रहेको खोलाहरुबाट ठेकेदार वा नगर पालिकाका कर्मचारीहरुले नदीजन्य पदार्थलाई मापदण्ड बिपरित उत्खन्न गरेर बिक्री बितरण गर्दै आएका नदी जन्य पदार्थको उत्खन्न सम्बन्धी जिल्ला अनुगमन समितिले जनाएको छ।

मापदण्ड बिपरीतको उत्खननले खोला क्षेत्रको वन, बस्ती  जोखिनमा पर्नुको साथै नदीहरुले धार समेत परिवर्तन गर्ने डर भए पछि जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा रहेको नदी जन्य पदार्थको उत्खन्न सम्बन्धी जिल्ला अनुगमन समितिले त्यसलाई तत्कालको लागि रोक्का राखने सोमबार निर्णय गरेको थियो।

प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कनको प्रतिवेदनमा खोलानालाको सतहदेखि तीन फिट गहिराइसम्म मात्रै ढुंगा, गिटी,बालुवा र ग्रेभल निकाल्न सकिने भनिए पनि ठेकेदार र कर्मचारीहरुले १० फिटसम्म उत्खन्न गरेर नदीजन्य पदार्थहरु बिक्री बितरण गर्दै आए पनि यसलाई तत्काल रोक्नु पर्ने अवस्थामा पुगिएको बाराका प्रमुख जिल्ला अधिकारी फरिन्द्रमणी पोखरेलले बताए।

खोलानालाहरुमा मापदण्ड विपरित गरिएको उत्खननको चारैतिरबाट विरोध भए पछि जिल्ला समन्वय समिति बाराका प्रमुख नवलकिशोर सिँहको नेतृत्वमा ती खेलाहरुको स्थलगत अनुगमन गरिएको बाराका प्रमुख जिल्ला अधिकारी फरिन्द्रमणी पोखरेले बताएका छन्।

अनुगमन गर्ने क्रममा मापदण्ड बिपरिति खोला उत्खनन गर्ने कार्यमा संलगन रहेका ठेकेदार वा कर्मचारीहरुलाई कारवाही गर्न वा ठेक्कालाई खारेज गर्न स्थानीय निकायहरुलाई लिखित रुपमै भनिए पनि नमानेपछि प्रहरी परिचालन गर्नु परेको समन्वय समितिका प्रमुख सिँहले बताए।

ढुंगा, गिट्टी, बालुवा र ग्राभेल उत्खननका लागि तयार गरिएको प्रारभिक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन अनुसार एक्साभेटर प्रयोग नगर्नु पर्ने ठाउँमा समेत एक्साभेटर प्रयोग गरिएको , तीन फिट गहिरो खाल्डो खन्नु पर्नेमा १० फिटसम्म खाल्डो खनेर नदीजन्य पदार्थ उत्खनन गरिएको छ।

प्रकाशित: १५ माघ २०७६ १२:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App