७ वैशाख २०८१ शुक्रबार
समाज

ल्यान्डफिल्ड साइटकाे निमार्णप्रति महानगरकाे चासाे

काठमाडौं – काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको लागि बञ्चरे डाँडामा ल्यान्डफिल्ड साइटको पूर्वाधार ढिलाइप्रति महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले चासो दिएका छन्। सिस्डोलमा फोहरले भरिएपछि धादिङ र नुवाटोटको बञ्चरे डाँडमा अहिले ल्यान्डफिल्ड निमार्ण भइरहेको छ। मंगलबार महानगरको सभाहलमा बसेको ल्यान्डपिल्ड साइट निमार्ण सरोकारवाला पक्षसँगको बैठकमा नगरप्रमुख शाक्यले नीतिगत समस्या भए आफू समाधानका लागि तयार रहेको र काम छिटो गर्न निर्देश दिएका छन्। ‘नीतिगत समस्याका लागि समाधान गर्न म तयार छु, उनले भने, प्राविधिक र प्रशासनीक काम तपाईहरू छिटो गर्नुहोस् काम किन ढिला भइरहेको छ ?’

बैठकमा बोल्दै प्रधानमन्त्री तथा मन्त्रीपरिषद्का सचिव महेन्द्र गुरागाईंले, ल्यान्डफिल्ड साइटको निर्माणसँगै फोहोर उत्पादनको श्रोतमा वर्गीकरण गर्ने विधिलाई पनिसँगै प्रवद्र्धन गर्न उनको सुझाव थियो। गत पुस २२ गते निर्माण कम्पनीले परिवर्तित कार्य तालिका पेश गरेको थियो। पेश गरेको तालिकाअनुसार फिल्डमा कामको प्रगति छैन। ल्यान्डफिल्ड निर्माणको काम सम्पन्न गर्न अब तीन महिना मात्र बाँकी रहेको छ।

अहिलेसम्मको प्रगति हेर्दा तोकीएको समयमा काम सम्पन्न हुनेमा शंका उत्पन्न भएको छ। सहरी विकास तथा भवन निर्माण विभागमा महानिर्देशक मणीराम गेलालले तालिका बामोजिम ठेकेदारले फिल्डमा कामको प्रगति नदेखिएको बताए। अहिलेसम्म ३० प्रतिशत मात्रै काम भएको बताइएको छ।

बञ्चरे डाँडामा स्यानिटरी ल्याण्डफिल्ड साइट निर्माण गर्न गत बैशाख २२ गते लुम्बिनी–कोशी एण्ड न्यौपाने जेभि (उपक्रम)सँग ठेक्का सम्झौता गरेको थियो। ३४ करोड ६८ लाख ७४ हजार ८९५ रुपैयाँमा निर्माण गर्ने गर्न सम्झौता भएको थियो।

प्रकाशित: १५ माघ २०७६ ०४:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App