१६ चैत्र २०८० शुक्रबार
समाज

प्रशासनद्वारा वीरेन्द्रनगरमा कर्फ्यु आदेश

सुर्खेत- वीरेन्द्रनगरमा मंगलबार बिहान कालीकोट महाबै गाउँपालिका–३, सिमखेत घर भएका २० वर्षीय केशर सिंहको मृत्यु भएपछि जारी प्रदर्शनले उग्ररुप लिँदै गएपछि वीरेन्द्रनगरमा कफ्र्यू जारी गरिएको छ।

वीरेन्द्रनगरमा जारी प्रदर्शनले उग्ररूप लिन थालेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाएको हो। उत्तेजित भीडबाट तोडफोड, आगजनी र धनजनको क्षति हुन सक्ने भएकाले बुधबार साँझ ६ः३० बजेदेखि बिहीबार बिहान ६ बजेसम्मका लागि कर्फ्यु लगाइएको जिल्ला प्रशासन कार्यालयले निकालेको कर्फ्यु आदेशमा उल्लेख गरिएको छ।

पूर्वमा इत्राम, पश्चिममा बांगेशीमल, उत्तरमा कपासे ब्यारेकसम्म र दक्षिणमा रत्नराजमार्गको पाँच सय मिटर दक्षीण क्षेत्रसम्म कफ्यू आदेश गरिएका छ। कर्फ्युको समयमा तोकिएको क्षेत्रभित्र कसैले आवतजावत गर्न, भेला हुन जम्मा हुन र अन्य कुनै पनि काम कुरा नपाउने गरी स्थानीय प्रशासन ऐन (संशोधित संहिता) २०२८ को दफा क बमोजिम कर्फ्यु जारी गरिएको प्रशासनले जनाएको छ।

वीरेन्द्रनगर–३ स्थित गौतम चोकमा भे१ख २२४२ नम्बरको टिपरले भे१प २१७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। केशरको मृत्यु भएपछि वीरेन्द्रनगरमा मृतकका आफन्तले बजार बन्द गराएका थिए। प्रहरीले अनियन्त्रित भीड बल प्रयोग गरेर नियन्त्रणमा लिन खोज्दा प्रहरी र प्रदर्शनकारीबीच ढुंगामुडा पनि भएको छ।

 

प्रकाशित: १४ माघ २०७६ १४:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App