५ वैशाख २०८१ बुधबार
समाज

१ सय ८७ थान लागूऔषधसहित २ जना पक्राउ

उदयपुर- उदयपुर प्रहरीले लागूऔषधसहित दुई जनालाई सोमबार पक्राउ गरेको छ। सिराहाको लाहानबाट सदरमुकाम गाईघाटतर्फ आउँदै गरेको ना १ ज ७३४३ नं. को विङ्गर भ्यानलाई साँझ ६ बजेर १५ मिनेटमा चेकजाँच गर्ने क्रममा अवैध लागूऔषधसहित सप्तरीका २ युवा पक्राउ परेका हुन्।

गाईघाट–कदमाहा सडकखण्डको सप्तरी र उदयपुरबीच सिमानाका लालपत्तास्थित प्रहरी चौकीले नियमित चेकजाँच गर्ने क्रममा विङ्गरमा सवार सप्तरी खडक नगरपालिका ५ का २२ वर्षीय सुन्दर मण्डल र सोही ठाउँका १५ वर्षीय मोहम्मद फिरोज पक्राउ परेका हुन्। दुवैजना गाईघाट आउने क्रममा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

विङ्गरमा सवार उनीहरुको साथबाट प्रहरीले १ सय ८७ थान नाईट्राजेपाम नामक ट्याब्लेट बरामद गरेको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए। उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको एसपी मगरले बताएका छन्।

प्रकाशित: १३ माघ २०७६ १४:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App