१६ चैत्र २०८० शुक्रबार
समाज

गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं- गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ। सोमबार बिहान प्रहरीमा उपस्थित भएकी राउतलाई महानगरीय प्रहरी परिसर काठमाडौंले म्याद थपका लागि सरकारी वकिल मार्फत जिल्ला प्रशासनमा अनुरोध गरेको थियो।

त्रिभुवन विमानस्थलको सुरक्षा चेकिङमा रहेकी महिला प्रहरीलाई अभद्र व्यवहार गरेको भन्दै उनीविरुद्ध उजुरी परेको थियो। राउतले फेसवुक लाईभ गर्दै उक्त विषयमा प्रतिक्रिया दिएकी थिइन्। पछि उनले उक्त भिडियो हटाएकी थिइन्। विमानस्थल प्रकरणको सीसीटीभी फुटेज सार्वजनिक भइसकेको छ।

 

प्रकाशित: १३ माघ २०७६ ०९:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App