coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

भक्तपुर क्षेत्रमा ठूला सवारी निषेध गरिने

कार्यक्रममा बोल्दै एसपी सविन प्रधान ।

भक्तपुर- भक्तपुर नगरपालिकाले नगर क्षेत्रमा ठूला सवारी साधन निषेध बढाउदै लैजाने भएको छ। नगर क्षेत्रमा शान्ति सुरक्षा, भारी गाडी निषेध तथा ट्राफिक व्यवस्थापन सम्बन्धि आईतबार भएको छलफलमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले यस्तो बताएका हुन्। अहिले भक्तपुर नगरको भक्तपुर दरवार स्क्वायर र टौमढी क्षेत्रमा भारी सवारी साधन निषेध गरिएको छ।

कार्यक्रममा भक्तपुर नगर शान्ति सुरक्षाको हिसाबले क्रमशः जोखिमयुक्त बन्दै गएको पनि उनले बताए। उनले सम्पदा क्षेत्रमा सवारी साधन पार्किङमा रोक लगाउनुपर्ने पनि बताए। नगरको सुन्दरता कायम गर्न अव्यवस्थित तार व्यवस्थापन, पार्किङ स्थलहरु निर्माण तथा नगरभित्र दुव्र्यसनीलगायत कुलतमा फसेका १६ वर्ष मुनिका बालबालिकाहरुको लागि सुधार गृह स्थापनका लागि समन्वय तथा सहकार्य गर्न नगरपालिका तयार रहेको जानकारी पनि उनले दिए।

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सामाजिक अपराधका घटनाहरुलाई कम गर्दै जनतालाई सुरक्षाको प्रत्याभूति गराई जिल्लाभित्र शान्ति सुरक्षा कायम गर्न स्थानीय तहहरुले संस्थागत रुपमा छाता निकायको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन्। प्रहरी उपरिक्षक (एसपी) सबिन प्रधानले सडक सुरक्षा सम्बन्धमा प्रस्तुतिकरण गर्दै समुदाय र प्रहरीको सहकार्यबाट नगरभित्र हुने अपराध न्यूनिकरण र शान्ति सुरक्षा कायम गर्न सहज हुने बताए।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रामकुमार लम्सालले नागरिकताका बर्तमान अवस्थाका सम्बन्धमा स्थानीय तहका पदाधिकारीहरुसँग प्रस्तुति गरेका थिए।
 

 

प्रकाशित: १२ माघ २०७६ १२:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App