१५ चैत्र २०८० बिहीबार
समाज

संस्थाको नाममा करोड बढी ठगि

ठगि गर्नेलाई सार्वजनिक गर्दै प्रहरी । आफूहरुलाई प्रलोभनमा पारेर संस्थाले ठगेपछि प्रहरीमा आएका पीडितहरु । तस्बिर: गोविन्द/नागरिक

दैलेख- जिल्ला प्रहरी कार्यालय दैलेखमा दुल्लु नगरपालिका-५ रिजुपोखराबाट मिना मिजार समूहमा आफूहरुले बचत गरेको पैसा संस्थाले ठगेपछि असुलउपरका लागि आईन्। मिजारको गाउँमा ३ वटा समूह बनाई बचत तथा तालिम आयमुलक कार्यक्रमसहित विभिन्न लोभमा ५६ जना अहिले ठगिए।

उनीहरुबाट १ महिनामै विभिन्न बचत बापत ७ लाख ३० हजार रुपैयाँ उठाएर स्वर्णभुमी कृषि तथा पशुपालन एग्रिकल्चर लिमिटेड संस्था भाग्यो। कार्यक्रम नगरि भागेपछि उनी प्रहरीकोमा आईन्। गाउँमा बचत गर्ने दिदिबहिनीहरु दुःख पाएकाले आफूहरुलाई न्याय दिलाउनका लागि अपिल गरिरहेको मिना मिजार बताउँछिन्।

त्यस्तै महावु गाउँपालिका–१ खरिगैराका पहलबहादुर दर्जी आफूले बचत गरेको संस्थाका कर्मचारी, प्रमुख नै सम्र्पकमा नआएपछि प्रहरीकोमा आउनु परेको बताउँछन्। प्रहरीले ठगि गर्ने संस्थाका प्रमुखलाई समातेपछि असुल गर्नका लागि आफूजस्ता पीडितहरु आउने क्रम बढीरहेको दर्जी बताउँछन्।

त्यस्तै कर्मचारीहरुलाई शेयर बापतको रकम र तलव नदिएपछि प्रहरीमा पुगेका छन्। ४ महिनादेखि आफूहरुलाई तलव समेत नदिएको कर्मचारी रमिता विश्वकर्माले बताईन्। जिल्लाभर कति ठगिए भन्ने एकिन हुन नसकेपनि पीडितहरु आउने क्रम बढीरहेको प्रहरीको भनाई छ।

२०७६ साल असोज २५ गते दैलेख सदरमुकाममा उक्त संस्था खोलिएको थियो। छोटो समयमै दैलेखका ६ स्थानीय तहमा आफ्नो कार्यक्षेत्र बनायो। ग्रामीण बस्तीमा महिला तथा पुरुषहरुलाई समूहमा आवद्ध गराएर आफ्नो लोभलाग्दो कार्यक्रम आर्कषण गराउँदै बचत उठाउन थाल्यो। संस्थाले कार्यक्रम गर्नका लागि मासिक बचतसँगै प्रतिव्यक्ति ३० हजार रुपैयाँसम्म अग्रीम रुपमा पैसा उठाएको दुल्लु नगरपालिका ५ का स्थानीयहरु बताउँछन्। पैसा उठाएपछि मुख्य व्यक्ति करण विसी भन्ने कर्ण सिंह टमटा सम्र्पकविहीन भए।

मुगु खत्याड गाउँपालिका २ घर भई हाल सुर्खेत बस्दै आएका टमाटा दैलेखमा संस्थाको नाममा पैसा उठाएर भागेपछि  बचतकर्ताहरु कार्यालयमा आउन थालेका थिए। सम्र्पकमा नआएपछि प्रहरीमा पुगे। दैलेख प्रहरीले खोजी कार्य तिव्र बनायो। पीडितहरु प्रहरीमा आउन थाले। विशेष सूचनाको आधारमा काठमाडौंबाट पीडकलाई माघ ११ गते प्रहरीले पक्राउ गरि दैलेख ल्याई पत्रकार सम्मेलन गरिएको हो।

दैलेखका नारायण नगरपालिका, महावु गाउँपालिका, दुल्लु नगरपालिका, भगवतीमाई गाउँपालिका, डुंगेश्वर गाउँपालिका र गुरासँ गाउँपालिकामा समूह बनाएर १ करोड बढी रकम उठाएको अनुमान गरिएको छ। छोटो समयमै पीडितहरु ठगिएको महशुस गरेपछि ठूलो मात्रामा ठगि हुनबाट बचेको प्रहरी अधिकारी बताउँछन्। 'पहिलो चरणमै ठगिएको भन्दै पीडितहरु प्रहरीको सम्पर्कमा आएकाले ठूलो क्षति हुन पाएन्।' दैलेख प्रहरी प्रमुख (डिएसपी) हरिबहादु ओलीले भने, 'पीडित आएलगत्तै खोजी कार्य थालिकाले मुख्य व्यक्ति पक्राउ गर्न सफल भईयो।' अहिलेसम्म ४७ लाख ३ हजार ५ सय रुपैयाँ ठगिएका पीडितहरु प्रहरीको आईपुगेका छन्। अर्को संस्था सगुन कृषि तथा पशुपालन एग्रीकल्चर दुल्लु नगरपालिका–५ दैलेखको नामबाट किरण विसी भन्ने कर्ण सिंह टमटाले ७ लाख ३० हजार रुपैयाँ उठाएर फरार भएको प्रहरीले जनाएको छ। समूहमा आवद्ध भएकाहरुले उजुरी दिएको छन्।

ठगिएको रकममा  भगवतीमाई, डुगेश्वर र गुरासँ गाउँपालिकाबाट पीडितहरु आए ठगिएको रकम १ करोड पुग्न सक्ने प्रहरीले जनाएको छ। कर्मचारीको तलव, सेयर, बचतकर्ताको जम्मा गरेको रकम, कृषक, व्यापारी तथा अन्य व्यक्तिहरुको रकम, संस्थाको घरघभाडा, कार्यालय डेकोरेशन लगायतमा ठगिएको भन्दै पीडितहरु प्रहरीकोमा पुगेका थिए। प्रहरीले पक्राउ गरि जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान गरिरहेको छ।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ को दफा २४९ को १ विपरित २ बमोजिमको कसुर गरेको हुँदा निजलाई सोही दफाको उपदफा ३ (ग) बमोजिम ७ (सात) वर्षसम्म कैंद सजाय र ७० हजार रुपैयाँसम्म जरिवाना विगो बमोजिम क्षतीपुर्ती भराउने कानुनी व्यवस्था रहेको छ।    

 

प्रकाशित: १२ माघ २०७६ ११:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App