७ वैशाख २०८१ शुक्रबार
समाज

जलेर घाइते अनिताको मृत्यु

घटनास्थल घेरा गरि प्रमाण संकलन गर्दै सिरहा प्रहरीको अनुसन्धान टोली । तस्बिरःनागरिक

सिरहा- श्रीमानले शरिरमा पेट्रोल छर्किदिएपछि जलेर घाइते सिरहाको औरही गाउँपालिका–५ की २३ वर्षिया अनिता यादवको आइतबार उपचारको क्रममा मृत्यु भएको छ। शुक्रबार चुलोमा खाना पकाईरहेकी अनिताको शरिरमा श्रीमान विनोदले पेट्रोल खन्याइदिएका थिए।

उनको कीर्तिपुर बर्निङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। अनिताको शरिरमा पोट्रोल खन्याउने श्रीमान विनोद यादवलाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको सिरहा प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले बताए।

‘मिनिरल वाटर’ को बोतलमा भरिएको पेट्रोल जिउमा छर्किँदा चुलोको आगो अनिताको शरिरमा सल्केको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। आगोले जलेर गम्भीर घाइते भएकी उनलाई विनोदले एम्बुलेन्समा राखेर उपचारका लागि विराटनगर लगेका थिए। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं लगिएको थियो।

विनोद मलेसियामा वैदेशिक रोजगारबाट दुई महिनाअघि घर फर्केका थिए। उनले रोजगारीको क्रममा कमाएको पैसामध्ये करिब तीन लाख रुपैयाँ श्रीमतीले आफूसँग नसोधी माइती पक्षलाई सापटी दिएको निहुँमा दुबैबीच विवाद हुँदै आएको थियो।

गाउँमा पटक पटक पञ्चायत बसेर लेनदेनको विवाद सामाधान गर्ने प्रयास भएको थियो। तर, विनोदले सावा ब्याजसहित रकम दिनुपर्ने अडान राखेपछि विवाद टुंगिएन। र, त्यहि पैसाका कारण आवेशमा आएर विनोदले श्रीमतीमा पेट्रोल खन्याएको प्रहरीसमक्ष प्रारम्भिक बयान दिएका छन्।  

 

प्रकाशित: १२ माघ २०७६ ०८:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App