१६ चैत्र २०८० शुक्रबार
समाज

नेपालमा पनि भित्रियो कोरोना भाइरस

काठामडौं- चीनमा महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि देखिएको पुष्टि भएको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ती जारी गर्दै साे काे पुष्टि गरेकाे हाे।  मन्त्रालयका अनुसार चीनबाट नेपाल आएका एक व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएको देखिएको हो।

चीन युवान क्षेत्रबाट नेपाल आएका एक व्यक्तिको स्वास्थ्य परीक्षणमा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको जानकारी मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन मार्फत दिएको हो। उक्त संक्रमित व्यक्तिलाई प्रत्यक्ष निगरानीमा राखिएको मन्त्रालयले जनाएको छ।  

कोरोना भाइरस संक्रमणबारे इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सघन निगरानी तथा विस्तृत अध्ययन गरिरहेको मन्त्रालयको भनाइ छ।

‘चीनको युवान क्षेत्रबाट नेपालमा आएका एक व्यक्तिलाई प्रारम्भिक जाँच गरी सो को निश्चित निदानका लागि डब्लुएचओ कोल्याबोरेटिङ सेन्टर हङकङमा पठाइएकोमा जाँच पोजेटिभ आएको र हाल उक्त व्यक्ति लक्षणविहीन रहेको र प्रत्यक्ष निगरानीमा रहेको जानकारी गराइन्छ’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

यस्तै, सो विज्ञप्तीमा ‘बिरामीका नजिकको सम्पर्कमा आएको हुन सक्नेहरुको खोजी गरी पहिचान र परीक्षणको काम हुँदैछ’ भनी उल्लेख गरिएको छ।

प्रकाशित: १० माघ २०७६ १३:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App