coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जन्मदिनमा असाय विद्यार्थीलाई पोशाक उपहार

आफ्नो जन्मदिनमा विद्यार्थीलाई पोशाक वितरण गर्दै पाण्डे । तस्बिर: नागरिक

दैलेख– आफ्नो जन्मदिनको अवसरमा दैलेखका एक कार्यालय प्रमुखले अपांगता तथा असाय विद्यार्थीलाई पोशाक वितरण गरेका छन्। जिल्ला कृषि विकास कार्यालयका निमित्त कार्यालय प्रमुख तिलकप्रसाद पाण्डेले आफ्नो जन्मदिनमा विद्यार्थीहरुलाई पोशाक वितरण गरेका हुन्।

उनले महावु गाउँपालिका–४ स्थित गौडाबाँज माध्यमिक विद्यालयमा अध्ययनरत १३ जना अपाङ्ग, अनाथ र असाय विद्यार्थीलाई पोशाक वितरण गरेका हुन्। आफूले वर्षभरि विभिन्न कार्यालयमा पाएको बैठक भत्ता जम्मा गरेर जन्मदिनमा विद्यार्थीलाई पोशाक उपहार दिएको बताएका छन्। विद्यालय बढ्न कठिनाई भएका गरिव विद्यार्थीलाई पोशाकसँगै शैक्षिक सामाग्री पनि उपहार दिएका थिए।

आफूले जन्मदिनमा गरिने खर्च अपाङ्ग, अनाथ र असाय विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामाग्री वितरण गरेको जिल्ला कृषि विकास कार्यालयका निमित्त प्रमुख तिलकप्रसाद पाण्डेले बताए। १३ जना विद्यार्थीलाई एक जोर सर्ट पाईट र शैक्षिक सामाग्री दिईएको थियो। जन्मदिनमा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई पोशाक दिएर पुण्यको काम भएको विद्यालयका प्राधानाध्यापक नवराज शाहीले बताए।
 

 

प्रकाशित: ९ माघ २०७६ ०९:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App