१५ चैत्र २०८० बिहीबार
समाज

बन कार्यालय प्रमुख घुस सहित पक्राउ

रुपन्देही– रुपन्देहीको सैनामैना सव डिभिजन वन कार्यालय प्रमुख सेवाग्राहीबाट ५ हजार घुस लिदै गर्दा पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलको टोलीले कार्यालय प्रमुख पुष्पराज श्रेष्ठलाई घुस रकम लिदै गर्दा बुधबार विहान १० बजे पक्राउ गरेको हो।

सेवाग्राहीसँग काठ उपलब्ध गराउन सिफारिसका लागि ५ हजार घुस लिएको अवस्थामा रंगेहात पक्राउ गरिएको अख्तियार बुटवल कार्यलयका प्रवक्ता सुरेश भुसालले बताए।  बुटवल उपमहानगरपालिका –१२ नयाँगाउँ चोकबाट नियन्त्रणमा लिइएको प्रवत्ता भुसाले बताए। पक्राउ परेको श्रेष्ठका बारेमा अख्तियारले अनुसन्धान अघि बढाएको जनाएको छ।

 

प्रकाशित: ८ माघ २०७६ १२:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App