८ वैशाख २०८१ शनिबार
समाज

घरको बरण्डाबाट खसेर मृत्यु

उदयपुर - उदयपुरमा घरको बरण्डाबाट खसेर एकको मृत्यु भएको छ। गत बिहीबार आफ्नै घरको बरण्डाबाट खसेर गम्भीर घाइते भएका जिल्लाको कटारी नगरपालिका ६ चुहाडका २७ वर्षीय दिवस कार्कीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

बरण्डाबाट खसेर गम्भीर घाइते कार्कीलाई कटारी अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि नोबेल अस्पताल विराटनगर लगिएकोमा उपचारकै क्रममा शुक्रबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

प्रकाशित: ४ माघ २०७६ ०६:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App