काठमाडौं - जिल्ला अदालत भक्तपुरले बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गर्न अनुमति दिएको छ। २० करोड घुस मागेको आरोप लगाएपछि प्रसाईंविरुद्ध चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले मानहानीको मुद्दा हालेका थिए। त्यही मुद्दामा प्रसाईँलाई पक्राउ गर्न अदालतले प्रहरीलाई अनुमति दिएको हो।
पुष २३ गते प्रसाईँले पत्रकार सम्मेलन नै गरेर आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिन चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीले २० करोड घुस मागेको आरोप लगाएका थिए । त्यसपछि डा. गिरी मानहानी भएको भन्दै अदालत पुगेका हुन्।
प्रकाशित: २ माघ २०७६ ०६:३९ बिहीबार