७ वैशाख २०८१ शुक्रबार
समाज

विद्यालय छाडी बालविवाह रोज्छन् किशोरी

बालविवाह पछि करिब दर्जन छात्राले स्कुल छोडेको सरस्वती माध्यमिक विद्यालय पाङ । तस्बिर: दिनेश/नागरिक

रोल्पा- केहि समय अगाडि रोल्पाको दुर्गम गाउँ लुङग्री गाउँपालिका-१, पाङ टाईवाङस्थित सरस्वती माध्यमिक विद्यालय पाङ कक्षा ९ मा पढ्ने ४ जनाले र कक्षा १० मा पढ्ने ५ जनाले विवाह गरेका कारण स्कुल छाडेँ। यहाँ हरेक वर्ष दर्जन बढि विद्यार्थीहरु विवाह गरेकै कारण विद्यालय छाड्ने गर्दछन्। विद्यालयका शिक्षकहरु बालविवाह नरोकिँदा पठनपाठनमा समस्या परेको बताउँछन्। प्रअ उमेश पुनका अनुसार ‘सानैमा विवाह गर्ने कारणले दिक्क बनाएको छ। पढेर के नै पो हुन्छ र भन्ने मान्यता बिकास भएका कारण पनि बालविवाह रोक्न नसकिएको हो।’

सदरमुकामसम्म पुगेको उक्त घटना खै कसरी मिल्यो, फर्किआएर उनीहरुले विहे गरे।’ उनका अनुसार प्रहरीमा पुगरे पनि कुनै कारबाही बिना अरु ३ वटा घटना मिलेपछि केटाकेटी झनै हौसिएका छन्। जिल्ला अस्पतालमा कार्यरत चिकित्सकहरु किशोरीहरु आमा बनेको देखेर दिक्क बनेका छन्।

सुनिलस्मृती गाउँपालिकास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय तेवाङका विद्यालयका प्रअ बिष्णुभक्त आचार्यका अनुसार यहाँका धेरै विद्यार्थी विद्यालय बाहिर छन्। ‘चार वर्ष अगाडि कक्षा ६ मा १ सय विद्यार्थी थिए तर अहिले कक्षा १० मा २८ जना मात्र छन्। बाकीँ सबैले स्कुल छाडेँ।’ आचार्यका अनुसार विद्यालय छोड्नुको प्रमुख कारण बालविवाह हो।

लुङग्री गाउँपालिका-१, पाङका वडा अध्यक्ष मति पुनका अनुसार कतिपय विद्यार्थी त विवाहअघि नै गर्भवती हुन्छन् अनि विहे गर्छन्। ‘अलि पहिले कक्षा ९ मा पढ्दै गरेकी छात्रा गर्भवती भईछन्। ६ महिनापछि पेट देखियो।’ अध्यक्ष पुनले भने ‘यो घटनाका बारेमा ब्यापक छलफल भयो। प्रहरीमा पनि केश पुग्यो। सदरमुकामसम्म पुगेको उक्त घटना खै कसरी मिल्यो, फर्किआएर उनीहरुले विहे गरे।’ उनका अनुसार प्रहरीमा पुगरे पनि कुनै कारबाही बिना अरु ३ वटा घटना मिलेपछि केटाकेटी झनै हौसिएका छन्।

बालविवाह दर्ता र जन्म दर्ता समेत रोकेका वडा अध्यक्षले समस्या जटिल भएको बताउँछन्। ‘२० वर्ष नपुगेकाहरु छोडपत्र गराईदिनु भनेर वडामा आउने गर्दछन्।’ पुनका अनुसार ‘कतिपय जोडि पैसाको समेत बार्गेनिङ गरेर छोडपत्रका लागि आएका हुन्छन्।’ उता गाउँपालिका अध्यक्ष दुर्गाबहादुर खड्काले बालविवाह न्यूनिकरणका कार्यक्रमहरु सुरु गरिएको बताउदै स्थानीय प्रशासनले पनि चासो दिनुपर्ने बताउँछन्। रोल्पामा बालविवाहका कारण पढाई छाड्नेको दर उच्च रहेको छ।

रोल्पामा विवाह गर्ने उमेर नपुग्दै आमा बन्ने किशोरीहरुको संख्या ठूलो रहेको एक तथ्याङ्कले देखाएको छ। गत आर्थिक वर्षमा जिल्ला अस्पताल रोल्पामा सुत्केरी भएका चार सय ३१ मध्य एक सय ७ जना २० वर्ष मुनिका छन्। ति मध्य १४ किशोरीको सुत्केरीका समयमा जटिलता देखिएपछि अप्रेशन गर्नुपरेको थियो।

जिल्ला अस्पतालमा कार्यरत चिकित्सकहरु किशोरीहरु आमा बनेको देखेर दिक्क बनेका छन्। ‘रोल्पामा बालविवाहको चलन घटेको छैन। सामाजिक र साँस्कृतीक चालचलन नफेरीएर पनि यस्तो भएको हुन सक्छ।’ जिल्ला अस्पतालका डा. अनिल केसि भन्छन् ‘सानैमा बच्चा जन्माउदा पाठेघर परिपक्क भएको हुँदैन। सुत्केरी हुन गाह्रो हुन्छ। पछि उमेर बढ्दै जादा पाठेघरको समस्या देखिने सम्भावना रहन्छ।’

किशोरावस्थामै गर्भधारण गर्ने किशोरीहरु निजी स्वास्थ्य संस्थाको शोषणमा पर्ने गरेका छन्। जिल्लाका अन्य १२ स्वास्थ्य संस्थामा ‘मेडिकल एर्बोसन’ अर्थात औषधिको प्रयोगबाट गरिने ९ हप्तासम्मको अनिच्छित गर्भपतनको निःशुल्क सुबिधा छ। त्यसो त अस्पतालसहित अन्य दुई प्राथमिक स्वास्थ्य केन्द्रमा १२ हप्तासम्मको क्लिनीकल अर्थात उपकरणको प्रयोगद्वारा गरिने गर्भपतनको निःशुल्क सेवा पनि छ। तर यहाँका किशोरीहरुले असुरक्षित गर्भपतन गराई रहेका हुन्छन्।

असुरक्षित गर्भपतन गराउदा आर्थिक हिसाबले महङ्गो पर्ने मात्र नभएर ज्यान कै जोखिम समेत रहने भएता पनि उनीहरु अझै सरकारी संस्थाको निःशुल्क र भरपर्दो सेवा लिदैनन्। निजी अस्पताल र मेडिकलमा कुनै जाँच बिना गैरकानुनी रुपले औषधिको कारोवार भईरहन्छ। जिल्ला अस्पतालको एक तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा ५९ जना बिरामीलाई रगत चढाउनु परेकोमा १६ जना असुरक्षित गर्भपतनपछि भएको अत्यधिक रक्तस्राबका कारण रगत दिनु परेको थियो।

परिवार नियोजनका साधनका बारेमा प्रयाप्त जानकारी नहुनु र सामाजिक डर त्रासले असुरक्षित गर्भपतन बढेको देखिएको छ। गत आर्थिक वर्षमा रोल्पाका बिभिन्न स्वास्थ्य संस्थामा ७ सय ६५ जनाले सुरक्षित गर्भपतन गराएको आधिकारीक तथ्याङ भए पनि असुरक्षित गर्भपतन गराउनेको संख्या त्यो भन्दा ठूलो छ।

नेपालको संविधान, २०७२ ले महिलाको हक अन्र्तगत प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्य सम्बन्धि हक हुनेछ भनेर व्यवस्था समेत गरेको छ। तर गाउँमा आएको भनिएको स्थानीय सरकारले गर्भपतनका बारेमा जानकारीमुलक कार्यक्रम र परिवार नियोजन सम्बन्धि चेतना बढाउने गतिलो कार्यक्रम नल्याएको भन्दै स्थानीयले गुनासो गरेका छन्।

प्रकाशित: १ माघ २०७६ १०:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App