१६ चैत्र २०८० शुक्रबार
समाज

आगलागी हुँदा ४८ लाख बराबरको क्षति

बाम्राङ रमितेडाँडाका गोपी कट्वालको घरमा लागेको आगो । तस्बिर:नागरिक

खोटाङ– खोटाङमा विद्युत सर्ट भएर आगलागी हुँदा ४८ लाख बराबरको धनमाल नष्ट भएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ रमितेडाँडाका गोपी कट्वालको दुई तले घर तथा घरमा राखिएका ६ तोला सुन, दुई लाख रुपैयाँ नगद, अन्नपात, काठपात लगायत जल्दा ४८ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

मंगलबार बिहान पौने ८ बजे भएको आगलागीमा कट्वालको घरमा राखिएको ५० मुरी धान, ३० मुरी मकै, २० मुरी कोदो, भाँडावर्तन लगायतका धनमाल नष्ट भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी बामदेव गौतमले बताए।

नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले आगो नियन्त्रणमा लिएर अन्य घरमा जोगाइएको थियो। अग्नी पीडित कट्वाल सामुदायीक सेवा केन्द्र दिक्तेलका इन्चार्ज एवं प्रहरी सहायक निरीक्षक हुन्। नजिकै नयाँ आरसिसि घर बनाए पनि कट्वाल परिवार पुरानै घरमा बस्दै आएका थिए।

 

प्रकाशित: २९ पुस २०७६ ०७:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App