१६ चैत्र २०८० शुक्रबार
समाज

विवादको क्रममा धकेलेर लडाउँदा एक जनाको मृत्यु

रसुवा - रसुवाको आमाछोदिङ्मो गाउँपालिका–४, गोल्जुङमा विवादको क्रममा धकेलेर लडाउँदा एक जनाको मृत्यु भएको छ। लडेपछि गम्भीर घाइते भएका ४६ वर्षीय सार्की गुरुङको उपचारको क्रममा मृत्यु भएको हो।

शनिबार राति साढे ८ बजेतिर  मिङगार सिंगी तामाङ र सार्की गुरुङ बीच विवाद भएको थियो। विवादको क्रममा तामाङले गुरुङलाई धकेलेका थिए। लडेपछि गुरुङ घाइते भए। घाइतेलाई तत्काल थाम्बुचेत स्वास्थ्य चौकीमा लगियो।

त्यहाँ सामान्य उपचारपछि राति ११ बजे जिल्ला अस्पताल ल्याइएको थियो। उपचारको क्रममा पौन १२ बजे अस्पतालले मृत घोषणा ग-यो। घटना भए लगत्तै थाम्बुचेतको प्रहरी घटनास्थलमा पुगेको थियो। प्रहरी पुग्दा तामाङ भागिसकेका थिए।

घटना लगत्तै फरार भएका तामाङलाई पक्रनका लागि टिमुरे, स्याफ्रु र थाम्बुचेत प्रहरी चौकीबाट प्रहरी परिचालन गरिएको थियो। जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक सरोज गिरीले राति १ बजे स्याफ्रुबाट प्रक्राउ गरिएको जानकारी दिए। घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
    

 

प्रकाशित: २७ पुस २०७६ ०६:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App