७ वैशाख २०८१ शुक्रबार
समाज

औषधि व्यवस्था विभागद्वारा महोत्तरीका तिन औषधि पसलमा शिलबन्दी

विभागले गौशाला बजारमा रहेका औषधि पसलहरुमा अनुगमन गरि शिलबन्दी गरेको पसलहरु । तस्बिर:नागरिक

महोत्तरी- औषधि व्यवस्था विभागले महोत्तरीको गौशालामा सञ्चालित तिन वटा औषधि पसलमा शनिबार शिलबन्दी गरेको छ।

औषधि व्यवस्था विभाग शाखा कार्यालय विरगञ्जका फार्मेसी निरीक्षक डा. चन्देश्वर यादवको नेतृत्वमा शनिबार महोत्तरीको गौशाला बजारमा रहेको औषधि पसलहरुमा निरीक्षण अनुगमन गर्दा अव्यवस्थित, दर्ता नगरेको र फर्मासिस्ट बिना औषधि पसल पोलिक्लिनिकमा सञ्चालन गरेको पाइएपछि तिन वटा पसलमा शिलबन्दी गरिएको अनुमगन टोलिमा सहभागी फार्मेसी निरीक्षक दिपेन्द्रकुमार साहले जानकारी दिएको छ।

साहका अनुसार अनुगमन टोलीले गौशाला पोलि क्लिनिक, गौशाला सिटि हेल्थ केयर प्रा.लि. र दिव्य हेल्थ क्लिनिकमा शिलबन्दी गरिएको हो। औषधि व्यवस्था विभागको महानिर्देशक नारायण प्रसाद ढकालको पुस २३ गते पद पुर्नवहाली भए लगत्तै औषधि पसलहरुको अनुगमन निरीक्षण तीव्र पारिएको र सोहिको निरन्तरता दिँदै अहिलेसम्म महोत्तरी र सिन्धुलीका ३० वटा औषधि पसलहरुमा अनुगमन गरिएको साहले बताएको छ।

अनुगमनको क्रममा औषधि व्ययवसाीहरुले बिना फर्मासिस्ट पसल सञ्चालन गरेको, म्याद नाघेको औषधि सञ्चय गरेको र बिक्रि वितरण गर्दा विल नदिने गरेको पाइएको फार्मेसी निरीक्षक साहले बताएको छ।

औषधि व्यवस्था विभागले अनुगमन कार्य तीव्र पारेपछि सिन्धुली र महोत्तरीका औषधि पसल सञ्चालकहरु पसल बन्द गरि भागाभाग भएको उनले बताएको छ। यसका साथै अनुगमन कार्यलाई अझै पनि निरन्तरता दिँदै जाने औषधि व्यवस्था विभागले जनाएको छ।

 


 

 

प्रकाशित: २६ पुस २०७६ १३:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App