१० जेष्ठ २०८३ आइतबार
image/svg+xml
समाज

लागू औषधसहित दुई जना पक्राउ

अवैध लागू औषधसहित ललितपुरको भोलढोकाबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। ललितपुर महानगरपालिका वडा नम्बर ८ भोलढोकामा उक्त औषध बिक्री भएको थाहा पाएसँगै प्रहरीले उनीहरूलाई नियन्त्रणमा दिएको हो।

जिल्ला प्रहरी परिसर ललितपुर प्रहरी प्रभागले लागू औषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा मकवानपुर जिल्ला इन्द्रसरोवर गाउँपालिका स्थायी घर भएका २५ वर्षीय विजय स्याङ्बो र मोरङ जिल्ला मिक्लाजुङ गाउँपालिका वडा नम्बर ९ घर भएका २० वर्षीया नीता शिवा रहेका छन्। 

प्रहरीले उनीहरूको साथबाट ३८२ ट्याब्लेट ट्रामाडोल र २७ ग्राम अवैध लागू औषध गाँजा बरामद गरेको छ। उनीहरूमाथि जिल्ला प्रहरी परिसर ललितपुरले थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।

प्रकाशित: १० जेष्ठ २०८३ १५:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App