coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भ्रमण वर्षले छोएन रोल्पालाई

देशभरका एक सय गन्तव्यमध्ये रोल्पाको जलजला क्षेत्र ।

रोल्पा- २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित काठमाडौं र सातवटै प्रदेशमा एकैसाथ नेपाल भ्रमण वर्ष-२०२० सुरु हुँदै छ। तर रोल्पामा भने भ्रमण वर्षको कुनै चहलपहल छैन। उसो त रोल्पामा पर्यटकीय सम्भावना बोकेका ठाउँ नभएका पनि होइनन्। देशभरका एक सय गन्तव्यमा रोल्पाको जलजला पनि एक गन्तव्य हो।

यस्तै स्वर्गद्धारी महाप्रभुको जन्म स्थल रुन्टीगाउँ, जुँगारको शिवगुफा, जेलबाङको फलाम खानी, सदरमुकाम लिबाङको मगर संग्राहलय, गुरुङगाउँ होमस्टे, थबाङको युद्ध संग्रालय, थबाङकै गुरिल्ला ट्रेल र यार्सा ट्रेल रोल्पाका केहि नमूना पर्यटकीय स्थल हुन्।

यस्ता थुप्रै पर्यटकीय स्थलको सम्भावना बोकेको ठाउँ रोल्पामा भ्रमण वर्षको तयारी र पर्यटक बोलाउने कुनै कार्यक्रम हुन सकेको छैन। केहि दिनअघि प्रदेश सरकारले जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढाको संयोजकत्वमा तदर्थ समिति गठन गरेर पठाएको भएता पनि प्रदेशबाट थप कुनै प्रतिक्रिया नआएको प्रमुख बुढाले बताएका छन्। ‘जिल्लामा अहिले हामिले केहि गर्ने सोच बनाएका छैनौ।’ प्रमुख बुढाले भने।

प्रदेश सरकार अन्तरगत पर्यटन हेर्ने जिम्मा पाएको डिभिजन वन कार्यालय रोल्पामा पनि भ्रमण वर्षको लागि भनेर कुनै विशेष कार्यक्रम आएको छैन। वार्षिक रुपमा पर्यटन पूर्वाधार विकासको कार्यक्रम बाहेक अन्य कुनै कार्यक्रम नआएको डिभिजन वन कार्यालय रोल्पाका प्रमुख दधिलाल कडेलले बताए।

देशभर भ्रमण वर्षको रौनक बढीरहेको बेला रोल्पामा भने यसको चहलपहल शून्य हुनु दूर्भाग्यपूर्ण रहेको स्थानीयहरु बताउँछन्। ‘राज्य हाक्ने जिम्मा लिनेले केहि चहलपहल गर्नुपर्ने हो। पर्यटक जिल्ला भित्रिएको अवस्थामा उनीहरुलाई असुबिधा नहुने गरि निजि क्षेत्र सेवा गर्न तयार छ।’ रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष बिश्वकुमार चन्दले भने ‘नगरपालिकाले सदरमुकाममा कार्यक्रमको तयारी गर्दैछ तर अन्यत्र जस्तो रौनक जिल्लामा देखिएको छैन।’

जिल्लास्तरीय कुनै पनि कार्यक्रम नहुने देखेपछि रोल्पा नगरपालिकाले सदरमुकाममा एक औपचारीक कार्यक्रम गर्ने भएको छ। ‘हामिले नगरस्तरीय आज सुरु गर्दैछौ। औपचारीक मञ्चको कार्यक्रम र जलजला पदयात्राको बृत्तचित्र देखाएर औपचारीक सुरुवात हुनेछ।’ नगरप्रमुख पुर्ण केसीले भने ‘जिल्लास्तरीय समितिले पनि केहि गर्ने सोच बनाएको होला।’

 

प्रकाशित: १६ पुस २०७६ १०:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App