१६ चैत्र २०८० शुक्रबार
समाज

वन मुद्धाका फरार अभियुक्त पक्राउ

उदयपुर- अदालतबाट दोषी प्रमाणित भए पनि भाग्न सफल यहाँका एक अभियुक्त पक्राउ परेका छन्। वर्षौंअघि वन मासेको आरोपमा पक्राउ परी जिल्ला अदालत उदयपुरबाट दोषी करार भए पनि फरार सूचीमा रहेका उदयपुरगढी गाउँपालिका ७ का ४२ वर्षीय टंकबहादुर मगर आईतबार पक्राउ परेको प्रहरीले जनाएको छ।

मगरलाई अदालतले दोषी ठहर गर्दै २ महिना ३ दिन कैद र १७ हजार जरिवाना तोकेको छ। तर, अदालतको फैसलापछि नै भाग्न सफल मगरलाई त्रियुगा नगरपालिका ११ गाईघाट बजारबाटै आईतबार बिहान ११ बजे पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए। उनलाई पक्राउ गरेलगत्तै जिल्ला अदालत पठाइएको उनको भनाई छ।

अदालतले प्रहरीले पक्राउ गरी बुझाउने बित्तिकै अभियुक्त मगरलाई कारागार पठाउने तयारी गरेको जनाएको छ।

 

प्रकाशित: २९ मंसिर २०७६ १३:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App