८ वैशाख २०८१ शनिबार
समाज

लागुऔषधसहित भारतीय नागरिक पक्राउ

भारतीय नागरिकको साथबाट बरामद भएको लागुऔषध। तस्बिर: नागरिक

महोत्तरी- लागुऔषधसहित एक भारतीय नागरिकलाई सशस्त्र प्रहरीले आइतबार पक्राउ गरेको छ।सशस्त्र प्रहरी बल नेपाल नं. ९ गण हे.क्वा जलसागर महोत्तरीले चेक जाँचको क्रममा भारत विहारको मधवापुर १ पिरोखर बस्ने १९ वर्षिय राकेश कुमार महतोलाई लागुऔषधसहित पक्राउ गरेको हो।

मधवापुरबाट मटिहानी नाका हुँदै जलेश्वर तर्फ आई रहेको युवक महतोमाथि शंका लागि चेक जाँच गर्दा उनको साथबाट लागुऔषध बरामद भएपछि उनलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका एसपी निरकृष्ण अधिकारीले बताएका छन्।

युवक महतोको साथबाट प्रोमाईथाजिन ईन्जेक्सन ३ सय थान, बुप्रेनोफाईन ईन्जेक्सन २ सय ९४ थान र डाईजेपाम ईन्जेक्सन २ सय ९५ थान बरामद भएको एसपी अधिकारीले बताएका छन्।

बरामद लागुऔषध र पक्राउ परेको महतोलाई आवश्यक कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरी पठाइएको एसपी अधिकारीले बताए। यस अघि पनि शस्त्र प्रहरीको सक्रियताले जिल्लामा लागुऔषध ओसारपोसार गर्नेहरुलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालयलाई बुझाईएको उनको भनाई छ।


 

प्रकाशित: २९ मंसिर २०७६ १२:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App